मुख्य समाचार
बारबर्दियामा विपद् जोखिम बीमा कार्यविधिको मस्यौदामाथि समूहगत छलफल | किशोरकिशोरीमैत्री सेवा प्रभावकारी बन्दै, संरचना दिगो बनाउन सुझाव | चाडपर्व लक्षित बर्दियाका पाँच स्थानमा यात्रु सहायता कक्ष सञ्चालन | बर्दियामा ४१ प्रहरीद्वारा रक्तदान | सुनौलो महिला विकास सहकारीमा शेयर सदस्य र बचत बढ्यो | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | गुलरियामा दशैंको अवसरमा राष्ट्रिय कलाकारसहित सांस्कृतिक कार्यक्रम हुने | बाढी प्रभावितका लागि बनाइएको सुरक्षित आवास नै डुबानमा | यौन तथा प्रजनन स्वास्थ्य मेला सम्पन्न, लैंगिक तथा अपाङ्गमैत्री शौचालय हस्तान्तरण |

विराटनगरका मेयर कोइरालाले लत्रिएको तार आफै बाँध्न थालेपछि ....

Rato Pen 1+ समाचार ( )
१ जेठ २०८०, सोमबार

विराटनगर । विराटनगर महानगरपालिकाको बजेटबाट सञ्चालित योजनाहरुको अनुगमनका क्रममा विराटनगर–६ केशलिया रोड उत्तर पुग्नु भएका मेयर नागेश कोइरालाले जब लत्रिएको तारमा मोटरसाइकल चालक अल्झिएको देख्नु भयो तुरुन्तै उहाँले आफैं डोरी खोजेर लत्रिएको तार बाँध्नुभयो । 

चालु आर्थिक वर्षको बजेटबाट सम्पन्न योजनाहरुको अनुगमनमा मेयर नागेश कोइराला सोमबार बिहान ६ बजे नै निस्कनु भएको थियो । वडा नम्बर १, २, ७ र ९ नम्बर वडाका योजनाहरुको अनुगमनपछि ६ नम्बर वडा पुग्नु भएको थियो ।

अनुगमनका क्रममा जब लत्रिएको तारमा मोटरसाइकल चालक अल्झिएको देख्नु भयो उहाँले तुरुन्तै छेउको घरमा पुगेर डोरी माग्नु भयो र बाँध्न थाल्नुभयो । त्यसपछि उपमेयर शिल्पा निराला कार्की  र वडा नम्बर ७ का वडाध्यक्ष मधुबाबु तिवारीले पनि लत्रिएको तार बाँध्न थाल्नुभयो । 

मेयर कोइरालाले सबै काम महानगरले गर्न नसक्ने भएकाले यस्ता सानातिना काम स्थानीयले गर्नुपर्नेमा जोड दिनुभयो । मेयर कोइरालाले यसरी लत्रिएको तार आफैंले पनि बाँध्न सकिने र सम्भावित दुर्घटनाबाट बच्न सकिने उल्लेख गर्नुभयो ।

उहाँले विराटनगरवासीमा अझै सचेतना जगाउन नसकिएको बताउनुभयो । आइतबार आएको हावाहुरीका कारण केवल र नेटको तार लत्रिएको स्थानीयको भनाइ थियो । तारमा अल्झिँदै हिंड्नुभन्दा स्थानीय आफैंले तत्कालका लागि व्यवस्थापन गर्न उहाँले आग्रह गर्नुभयो । महानगरपालिकाले लत्रिएका तारको व्यवस्थापन गर्ने अभियान नै सञ्चालन गरेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार