मुख्य समाचार
कृष्णसार संरक्षण क्षेत्रमा आतंक मच्चाइरहेको चितुवा नियन्त्रणमा | रानीजरुवामा २८औँ सहिद स्मृति दिवस मनाइयो | राजकुलामा अस्थायी तटबन्धन निर्माणको ८ दिने ‘कामका लागि नगद’ कार्यक्रम सम्पन्न | मापदण्डविपरीत नदीजन्य पदार्थ उत्खनन भएको निष्कर्ष, कारबाही प्रक्रिया अघि बढाइने | राजकुलामा अस्थायी तटबन्धन निर्माण सुरु, स्थानीयलाई रोजगारीसँगै बाढी जोखिम न्यूनीकरणमा टेवा | राजापुर सिँचाइ आयोजनाको पुनस्थापना अघि वातावरणीय राय–सुझाव संकलन | विश्व वातावरण दिवसमा बर्दिया र कैलालीका समुदायमा बाढी कृत्रिम घटना अभ्यास | बारबर्दियाका विद्यालयमा अस्वस्थकर खाना नियन्त्रण अभियान सञ्चालन, सबै विद्यालयमा विस्तार गरिने | गणतन्त्र दिवसमा कर्मचारी ब्याडमिन्टन प्रतियोगिता ः राजापुर नगरपालिका प्रथम | लागुऔषध दुर्ब्यशनी र बालविवाह विरुद्ध विद्यालयमा सडक नाटक प्रदर्शन |

६९औँ सहकारी दिवसमा बर्दियामा अन्तरक्रिया सम्पन्न, उत्कृष्ट सहकारी र अभियन्ता सम्मानित
६९औँ सहकारी दिवसमा बर्दियामा अन्तरक्रिया सम्पन्न, उत्कृष्ट सहकारी र अभियन्ता सम्मानित

Rato Pen 305+ समाचार ( )
२० चैत्र २०८२, शुक्रबार

जिल्ला सहकारी संघ लि., बर्दियाले ६९औँ सहकारी दिवसको अवसरमा “सहकारीका सफलता, सवलता, समस्या एवं चुनौती” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमाल रहनु भएको थियो भने विशिष्ट अतिथिमा एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालयका प्रमुख कमला अधिकारी रहनु भएको थियो। कार्यक्रममा सहकारी अभियन्ता प्रेम पोखरेल, गोपाल पौडेल लगायत जिल्लाभरका सहकारीकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

अन्तरक्रियामा सहकारी क्षेत्रका उपलब्धि, सुदृढ पक्ष, विद्यमान समस्या तथा चुनौतीबारे व्यापक छलफल गरिएको थियो। सहभागीहरूले सहकारी अभियानलाई थप प्रभावकारी, पारदर्शी र दिगो बनाउन आवश्यक रणनीतिहरू प्रस्तुत गरेका थिए।

सो अवसरमा सहकारी क्षेत्रको विकासमा उल्लेखनीय योगदान पुर्‍याउने विभिन्न सहकारी संस्था, सहकारी अभियन्ता तथा कर्मचारीलाई सम्मान गरिएको थियो। सम्मानित हुनेहरूमा सहकारी अभियन्ता प्रेम प्रसाद पोखरेल रहेका छन्। कर्मचारीतर्फ बबई स्वावलम्बन सहकारीका व्यवस्थापक गगाराम शर्मा तथा नारी कल्याणकारी सहकारीकी प्रबन्धक पाबर्ती चौधरी सम्मानित भएका छन्।

त्यसैगरी संस्थागततर्फ विश्वसनीय बचत तथा ऋण सहकारी संस्था, ठाकुरबाबा, जनप्रिय दुग्ध उत्पादन सहकारी संस्था लिमिटेड, प्रभात कृषि बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, विश्राम कृषि महिला सहकारी संस्था लिमिटेड (मैनापोखर), भविष्य साना किसान कृषि सहकारी संस्था लिमिटेड, सिलसिला सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेड तथा एचोपैचो कृषि सहकारी संस्था लिमिटेडलाई समेत सम्मान गरिएको छ।

कार्यक्रम जिल्ला सहकारी संघका अध्यक्ष नवराज ढुंगानाको सभापतित्वमा सम्पन्न भएको थियो भने कार्यक्रम सञ्चालन सचिव इन्दिरा सुवेदीले गर्नु भएको थियो। कार्यक्रममा सहकारी क्षेत्रलाई सुदृढ, पारदर्शी र जनमुखी बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेकोमा जोड दिइएको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार