मुख्य समाचार
स्थानीय विपद् तथा जलवायु उत्थानशील कार्यढाँचा तथा बाली बीमा सम्बन्धी प्रारम्भिक कार्यशाला गोष्ठी सम्पन्न | कृष्णसार संरक्षण क्षेत्रमा आतंक मच्चाइरहेको चितुवा नियन्त्रणमा | रानीजरुवामा २८औँ सहिद स्मृति दिवस मनाइयो | राजकुलामा अस्थायी तटबन्धन निर्माणको ८ दिने ‘कामका लागि नगद’ कार्यक्रम सम्पन्न | मापदण्डविपरीत नदीजन्य पदार्थ उत्खनन भएको निष्कर्ष, कारबाही प्रक्रिया अघि बढाइने | राजकुलामा अस्थायी तटबन्धन निर्माण सुरु, स्थानीयलाई रोजगारीसँगै बाढी जोखिम न्यूनीकरणमा टेवा | राजापुर सिँचाइ आयोजनाको पुनस्थापना अघि वातावरणीय राय–सुझाव संकलन | विश्व वातावरण दिवसमा बर्दिया र कैलालीका समुदायमा बाढी कृत्रिम घटना अभ्यास | बारबर्दियाका विद्यालयमा अस्वस्थकर खाना नियन्त्रण अभियान सञ्चालन, सबै विद्यालयमा विस्तार गरिने | गणतन्त्र दिवसमा कर्मचारी ब्याडमिन्टन प्रतियोगिता ः राजापुर नगरपालिका प्रथम |

बारबर्दिया नगरपालिकाले पोषण पार्श्वचित्र निर्माण गर्ने निर्णय
बारबर्दिया नगरपालिकाले पोषण पार्श्वचित्र निर्माण गर्ने निर्णय

Rato Pen 306+ समाचार ( )
४ चैत्र २०८१, बुधवार

बारबर्दिया नगरपालिकाले नगरको पोषण अवस्थाको अध्ययन गर्दै बालबालिकाहरूको पोषणसम्बन्धी तथ्यांक संकलन गर्ने र पोषण पार्श्वचित्र निर्माण गर्ने निर्णय गरेको छ। यस कार्यलाई प्राथमिकतामा राख्दै नगरपालिकाले प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको छ।

खाद्य तथा पोषण निर्देशक समितिको बैठकमा बालबालिकाको पोषण सुधारका लागि तथ्यांक संकलन तथा नीति निर्माण आवश्यक रहेको विषयमा छलफल भएको थियो। बैठकमा स्वास्थ्य शाखाका बसन्तु चौधरीले खाद्य तथा पोषण निर्देशक समितिको संरचना र भूमिकाबारे जानकारी गराउँदै समितिको संयोजन नगर प्रमुख तथा सहसंयोजन उपप्रमुखले गर्ने व्यवस्था रहेको बताउनु भयाे । समितिमा स्वास्थ्य, कृषि, शिक्षा, महिला तथा बालबालिका शाखा प्रमुखहरू, नागरिक समाजका प्रतिनिधि, सहकारी तथा निजी क्षेत्रका सरोकारवालाहरू रहनेछन्। साथै, प्राविधिक अधिकृत (स्वास्थ्य वा कृषि) सचिवको रूपमा रहनेछन्।

नगरपालिकामा यो समितिले नीति तथा योजना निर्माण, खाद्य सुरक्षाको अनुगमन तथा मूल्यांकन, सचेतना अभिवृद्धि कार्यक्रम सञ्चालन तथा आपतकालीन प्रतिक्रिया योजना तयार पार्ने जस्ता कार्यहरू गर्नेछ। यस्तै, वडास्तरमा पनि वडा अध्यक्षको संयोजकत्वमा खाद्य तथा पोषण निर्देशक समिति रहनेछ, जसले पोषणसम्बन्धी कार्यक्रमहरूलाई वडास्तरमै कार्यान्वयन गर्ने जिम्मेवारी सम्हाल्नेछ।

बैठकको अध्यक्षता गर्दै नगर उपप्रमुख रत्नकुमारी पाण्डेले नगरपालिकाले विगत केही वर्षदेखि पोषण सुधारका लागि निरन्तर कार्य गर्दै आएको बताउनु भयाे । उहाँले अबका दिनमा यसलाई अझ प्राथमिकतामा राखेर कार्यान्वयन गरिने बताउँदै वडा समितिहरूलाई पनि पूर्ण रूपमा सक्रिय बनाउनुपर्नेमा जोड दिनु भयाे ।

बैठकमा समितिका पदाधिकारी, वडा अध्यक्ष, सरोकारवाला निकायका प्रतिनिधि तथा आमाहरूको सहभागिता रहेको थियो। बैठकको सहजीकरण प्लान इन्टरनेशनल नेपाल र राधाकृष्ण थारु जनसेवा केन्द्र गुलरियाद्वारा सञ्चालित 'शसक्त बालिका परियोजना' अन्तर्गत गरिएको थियो। उक्त परियोजनाले नगरपालिकालाई तथ्यांक संकलन तथा पोषण पार्श्वचित्र निर्माणमा सहयोग गर्ने जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार