मुख्य समाचार
चाडपर्व लक्षित बर्दियाका पाँच स्थानमा यात्रु सहायता कक्ष सञ्चालन | बर्दियामा ४१ प्रहरीद्वारा रक्तदान | सुनौलो महिला विकास सहकारीमा शेयर सदस्य र बचत बढ्यो | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | गुलरियामा दशैंको अवसरमा राष्ट्रिय कलाकारसहित सांस्कृतिक कार्यक्रम हुने | बाढी प्रभावितका लागि बनाइएको सुरक्षित आवास नै डुबानमा | यौन तथा प्रजनन स्वास्थ्य मेला सम्पन्न, लैंगिक तथा अपाङ्गमैत्री शौचालय हस्तान्तरण | सीप सिक्दै आत्मनिर्भर बन्ने यात्रामा अपाङ्गता भएका व्यक्ति | नागरिकता लिन आएका फरार प्रतिवादी पक्राउ |

झगरु थारु : कमैयादेखि आत्मनिर्भर कृषकसम्म
झगरु थारु : कमैयादेखि आत्मनिर्भर कृषकसम्म

Rato Pen 366+ समाचार ( )
८ पौष २०८२, बुधवार

होमेन्द्र थापा, बर्दिया

झगरु थारुको जीवन संघर्ष, मेहनत र आत्मनिर्भरताको ज्वलन्त उदाहरण हो। २० देखि २२ वर्षको उमेरमा उनले भैसाही गाउँका शैलानी राजाको घरमा चार वर्ष र सोही गाउँका सुकदयाल थारुको घरमा तीन वर्ष कमैयाको रूपमा कठोर जीवन बिताए। कमैयाको पीडादायी दिनचर्याले थिचिए पनि उनले कहिल्यै हार मानेनन्।

अब अरूको घरमा कमैया नबस्ने अठोटसहित उनले कपास विकास समितिको करिब डेढ विगाहा जमिन कमाए र त्यहाँ १० वर्षसम्म खेती गरे। खेतीपातीबाट बाँकी समय मजदुरी गर्दै परिवार पाल्ने संघर्ष निरन्तर चलिरह्यो। अरूलाई दैनिक ज्याला ७ रुपैयाँ दिइँदा आफू सानै उमेरमा दैनिक ३ रुपैयाँमा काम गरेको र पछि दैनिक ज्याला ५०० रुपैयाँ पुग्दासम्म मजदुरी गरेको अनुभव उनी सुनाउँछन्।

२०५७ सालमा मुक्तकमैया घोषणा भएपछि २०६६ सालमा झगरुले बढैयाताल गाउँपालिका–९, शक्तिनगरमा पाँच कठ्ठा जमिन प्राप्त गरे। सो जमिनमा सानो घर बनाएर परिवारसहित बसाइँ सरे। त्यतिबेला उनको परिवारमा श्रीमान–श्रीमती, एक छोरा र एक छोरी गरी चार जना थिए। तर पाँच कठ्ठा सुख्खा जमिनमा उत्पादन कम हुने भएकाले परिवार पाल्न कठिन थियो र बाहिर मजदुरी गर्नुपर्ने बाध्यता कायमै रह्यो।

२०६९ सालमा गाउँमा “जनसहयोगी” नामक सहकारी संस्था गठन भएपछि झगरु पनि अन्य घरधुरीसँगै सहकारीमा आबद्ध भए। सुरुमा मासिक ५० रुपैयाँ बचत गर्ने उनी आज पनि नियमित बचत गरिरहेका छन्। सहकारीमार्फत उनले तरकारी खेती, सुत्केरी पोषण, बंगुर पालन, कुखुरा पालनजस्ता तालिम पाए। साथै कुखुरा र प्राविधिक सहयोग पनि प्राप्त भयो।

सहकारीकै पहलमा खेतमा सिँचाइ मोटर जडान गरियो, जसका लागि उनले सहकारीबाट १० हजार रुपैयाँ ऋण लिए। सोही लगानीबाट टमाटर, खुर्सानी, काउली, काँक्रा, लौका लगायतका तरकारी खेती सुरु गरे। उत्पादन राम्रो भएपछि उनले सितला हाट, गुलरिया हाट र बैदी हाटजस्ता बजारमा तरकारी बिक्री गर्न थाले। अन्य बालीको तुलनामा तरकारीबाट राम्रो आम्दानी हुन थाल्यो।

यस पटक डेढ कठ्ठामा लगाएको काउलीबाट तीन महिनामै चार क्विन्टलभन्दा बढी उत्पादन भयो, जसबाट प्रतिकिलो ७०–८० रुपैयाँका दरले करिब ३५ हजार रुपैयाँ आम्दानी भएको उनी बताउँछन्। हरियो खुर्सानी पाउको ४० रुपैयाँमा बिक्री भइरहेको छ। तीन कठ्ठामा लगाएको आलुबाट १५ देखि १८ क्विन्टल उत्पादन हुने उनको अनुमान छ। हाल उनी आफ्नै पाँच कठ्ठा जमिन र अरूको पाँच कठ्ठा जमिन भाडामा लिएर तरकारी खेती गर्दै आएका छन्। परिवारका सबै सदस्य खेतीमा सक्रिय छन्।

तरकारी खेतीकै आम्दानीबाट उनले छोरीलाई स्नातकसम्म पढाएर विवाह गरिदिएका छन् भने छोरा पनि स्नातक अध्ययनरत छन्। हाल नातीसहित पाँच जनाको परिवार छ। मुसुक्क मुस्कुराउँदै सहकारीमा आबद्ध भएपछि जीवन नै फेरिएको अनुभूति उनी सुनाउँछन्। अब ठेकेदारको भर पर्नु नपर्ने, साहु–महाजनसँग ऋण माग्न जानु नपर्ने अवस्था बनेको उनको भनाइ छ। सहकारीमार्फत तालिम, बीउ–विजन र मल सहज रूपमा उपलब्ध भइरहेको छ।

थोरै जमिन भए पनि झगरु आज तरकारी खेतीबाट आत्मनिर्भर बनेका छन्। विद्यालय शिक्षा नपाए पनि अनुभव र सीपकै भरमा उनले चार कोठाको घर, एक गुईँ राँगो र डनलप गोरु जोडेका छन्। बंगुर पालनसँगै हाल गड्यौला पालनसमेत सुरु गरेका छन्। टमाटर, आलु, काँक्रा, करेला, बोडी, फर्सी र लौका लगाउन उनी फेरि पनि व्यस्त छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार