मुख्य समाचार
बारबर्दियामा विपद् जोखिम बीमा कार्यविधिको मस्यौदामाथि समूहगत छलफल | किशोरकिशोरीमैत्री सेवा प्रभावकारी बन्दै, संरचना दिगो बनाउन सुझाव | चाडपर्व लक्षित बर्दियाका पाँच स्थानमा यात्रु सहायता कक्ष सञ्चालन | बर्दियामा ४१ प्रहरीद्वारा रक्तदान | सुनौलो महिला विकास सहकारीमा शेयर सदस्य र बचत बढ्यो | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | गुलरियामा दशैंको अवसरमा राष्ट्रिय कलाकारसहित सांस्कृतिक कार्यक्रम हुने | बाढी प्रभावितका लागि बनाइएको सुरक्षित आवास नै डुबानमा | यौन तथा प्रजनन स्वास्थ्य मेला सम्पन्न, लैंगिक तथा अपाङ्गमैत्री शौचालय हस्तान्तरण |

बर्दियामा चितुवाको आक्रमणबाट एकै दिन दुई जनाको मृत्यु
बर्दियामा चितुवाको आक्रमणबाट एकै दिन दुई जनाको मृत्यु

Rato Pen 368+ समाचार ( )
२३ माघ २०८२, शुक्रबार

होमेन्द्र थापा, बर्दिया

बर्दिया जिल्लामा चितुवाको आक्रमणबाट एकै दिन दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गुलरिया नगरपालिका–४, तुल्सीपुरका ३६ वर्षीय नन्दु रोकाय र मधुवन नगरपालिका–९, गाउँ नम्बर १३ की ४९ वर्षीया मैसरा डाँगी रहेका छन् ।

नन्दु रोकाय घरदेखी करिब दुई किलोमिटर टाढा बबई नदी तरेर बारबर्दिया नगरपालिका–११ स्थित जनजागृति सामुदायिक वनमा घाँस काट्न जाँदै गर्दा चितुवाको आक्रमणमा परेका हुन् । मृतकका भाउजुका अनुसार रोकाय श्रीमती, भाउजु, मितिनी भाउजु लगायत पाँच जनाको समूहमा जंगलतर्फ गएका थिए ।

त्यसैगरी, मैसरा डाँगी नेपाल–भारत सीमा नजिक आफ्नै बारीमा छिमेकीहरूसँग घाँस काटिरहेका बेला चितुवाले आक्रमण गरी भारतीय वनतर्फ लगेको थियो । खोजी गर्ने क्रममा दशगजा नजिकको अरहर बारीमा उहाँको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक देवेन्द्रकुमार मल्लले जानकारी दिनुभयो ।

डिभिजन वन कार्यालयका अनुसार माघ महिनामा मात्र चितुवाको आक्रमणबाट तीन जनाको मृत्यु भइसकेको छ । गत पुस महिनामा चितुवाको आक्रमणबाट दुई जना, पाटेबाघको आक्रमणबाट एक जना र जंगली हात्तीको आक्रमणबाट एक जनाको ज्यान गएको थियो ।

जिल्लामा पछिल्ला दिनहरूमा चितुवाको आक्रमणका घटनाहरू बढ्दै गएका छन्। चालु आर्थिक वर्षमा मात्रै चितुवाको आक्रमणबाट आठ जनाको मृत्यु भइसकेको छ, जसमा छ जना महिला र दुई जना पुरुष रहेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार