मुख्य समाचार
बारबर्दियामा विपद् जोखिम बीमा कार्यविधिको मस्यौदामाथि समूहगत छलफल | किशोरकिशोरीमैत्री सेवा प्रभावकारी बन्दै, संरचना दिगो बनाउन सुझाव | चाडपर्व लक्षित बर्दियाका पाँच स्थानमा यात्रु सहायता कक्ष सञ्चालन | बर्दियामा ४१ प्रहरीद्वारा रक्तदान | सुनौलो महिला विकास सहकारीमा शेयर सदस्य र बचत बढ्यो | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | गुलरियामा दशैंको अवसरमा राष्ट्रिय कलाकारसहित सांस्कृतिक कार्यक्रम हुने | बाढी प्रभावितका लागि बनाइएको सुरक्षित आवास नै डुबानमा | यौन तथा प्रजनन स्वास्थ्य मेला सम्पन्न, लैंगिक तथा अपाङ्गमैत्री शौचालय हस्तान्तरण |

ठाकुरबाबा नगरपालिकाको आठौं स्थापना दिवस भव्य रूपमा सम्पन्न
ठाकुरबाबा नगरपालिकाको आठौं स्थापना दिवस भव्य रूपमा सम्पन्न

Rato Pen 368+ समाचार ( )
२७ फाल्गुन २०८१, मङ्गलबार

ठाकुरबाबा, 

ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख तिलकराम लम्सालले वर्तमान राजनीतिक परिवेशमा राजनीतिक संस्कार बिग्रिएको भन्दै लोकतन्त्र संकटमा परेको धारणा व्यक्त गर्नुभएको छ। उहाँका अनुसार राजनीतिक दलहरूले प्राप्त परिवर्तनलाई जनतासम्म प्रभावकारी रूपमा पुर्याउन नसक्नु दुःखद विषय हो। उपलब्धिहरूलाई संस्थागत गर्दै अघि बढ्नुपर्नेमा संघीय सरकारले शक्ति बाँडफाँडमा प्रदेश तथा स्थानीय तहलाई कमजोर बनाउने प्रवृत्ति देखाएको कारण अपेक्षित उपलब्धि हासिल गर्न नसकिएको बताउनुभयो।

नगरप्रमुख लम्सालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ठाकुरबाबा प्रज्ञा प्रतिष्ठानका अध्यक्ष प्राज्ञ कृष्ण प्रसाद पौडेल प्रमुख अतिथि रहनुभएको थियो भने उपप्रमुख विना कुमारी भट्टराई, निमित्त प्रमुख प्रशासकीय अधिकृत सुदीप सिंह सुनार, सम्पूर्ण वडा अध्यक्ष, नगरसभा सदस्य, कर्मचारी, शिक्षक, निवर्तमान जनप्रतिनिधिहरू तथा स्थानीय समुदायको उपस्थिति रहेको थियो।

स्थापना दिवसको अवसरमा ठाकुरबाबा प्रज्ञा प्रतिष्ठानले विभिन्न जातजातिका कला तथा संस्कृतिको प्रदर्शनी आयोजना गरेको थियो। नगरपालिकाको समग्र विकास र समृद्धिमा योगदान पुर्याउने उत्कृष्ट कृषक, उद्यमी, व्यवसायी, कर्मचारी तथा अन्य प्रतिष्ठित व्यक्तित्वहरूलाई सम्मान प्रदान गरिएको थियो।

कार्यक्रममा नगरप्रमुख, उपप्रमुख तथा अन्य अतिथिहरूले नगरपालिकाको थप उन्नति र प्रगतिको कामना गर्दै शुभकामना व्यक्त गरे। समापन गर्दै नगरप्रमुख लम्सालले नगरवासीलाई राम्रो कामको प्रशंसा गर्न र नगरपालिकाले काम गर्दा केही कमजोरी भए खबरदारी गर्न आग्रह गर्नुभयो। साथै, कार्यक्रम सफल बनाउन योगदान दिने सम्पूर्ण कर्मचारी, सांस्कृतिक कार्यक्रम प्रस्तोताहरू तथा सरोकारवालालाई धन्यवाद ज्ञापन गर्नुभयो।

ठाकुरबाबा नगरपालिकाले स्थापना दिवसलाई भव्य बनाउन सांस्कृतिक झाँकी, हस्तकला प्रदर्शनी, कलाकारहरूको संगीत प्रस्तुति तथा सम्मान कार्यक्रमहरू आयोजना गर्दै विविध कार्यक्रम सम्पन्न गरेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार