मुख्य समाचार
स्थानीयको श्रम र सहयोगबाट बनेको शिव मन्दिरको उद्घाटन तथा प्राणप्रतिष्ठा | ठाकुरबाबा नगरपालिकाको वार्षिक समीक्षा तथा पर्यटन गुरुयोजनामाथि छलफल | बारबर्दिया–२ मा नवनिर्मित वडा कार्यालय भवन उद्घाटन | सशस्त्र द्वन्द्वमा बेपत्ता थारूको २५ वर्षपछि कुशको शव बनाएर अन्त्येष्टि ! | बारबर्दिया–७ मा ‘कामका लागि नगद’ कार्यक्रम सम्पन्न | अन्तर्राष्ट्रिय युवा दिवसमा बर्दियामा सामूहिक सर्वाङ्ग माटो लेप | विपद् व्यवस्थापनमा पूर्वतयारी : बर्दियामा तीनदिने कृत्रिम घटना अभ्यास सम्पन्न | ओझेलमा सारङ्गी ः नयाँ पुस्तासँगै लोपोन्मुख गन्धर्वको मौलिक पहिचान | आदिवासी जनजाति महासंघ बर्दियाको अध्यक्षमा इन्द्रकुमार श्रेष्ठ निर्वाचित | बर्दियामा शान्ति सुरक्षा, सामाजिक सद्भाव सुदृढ गर्न पाँचबुँदे प्रतिबद्धता |

वाईसीएल नेपाल बर्दियाको तेस्रो अधिवेशन सम्पन्न, शक्तिबहादुर बस्नेतद्वारा संगठनलाई पुनः सक्रिय बनाउन आह्वान
वाईसीएल नेपाल बर्दियाको तेस्रो अधिवेशन सम्पन्न, शक्तिबहादुर बस्नेतद्वारा संगठनलाई पुनः सक्रिय बनाउन आह्वान

Rato Pen 345+ समाचार ( )
२४ वैशाख २०८२, बिहीबार

बर्दिया — नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्ति बहादुर बस्नेतले योङ कम्युनिष्ट लिग (वाई.सी.एल) नेपाललाई पुनः सक्रिय गराउनु पर्ने आवश्यकता औंल्याउनु भएकाे छ । वाईसीएल नेपाल बर्दियाको तेस्रो जिल्ला अधिवेशनलाई सम्बोधन गर्न बर्दिया पुगेका बस्नेतले जनयुद्ध कालमा वाईसीएलले संघीय गणतन्त्र स्थापनामा खेलेको भूमिका स्मरण गर्दै, अहिलेको अवस्थामा पनि परिवर्तनका लागि वाईसीएलको भूमिका महत्वपूर्ण हुने बताउनु भयाे ।

उहाँले युवालाई भ्रष्टाचार, कुशासन, कमिशन प्रथा र माफियावाद विरुद्ध बुलन्द र सशक्त रुपमा उठ्न आह्वान गर्दै भन्नु भयाे, "युवा भनेकै वाईसीएल हो। अबको लडाइँ व्यवस्था परिवर्तनको मात्र नभई, सुशासन र पारदर्शिताका लागि पनि हो।"

https://youtu.be/L8CLEttACfY?si=hZI33Fa8GYuUGnq3

उद्घाटन कार्यक्रममा बोल्ने अन्य नेताहरूले पनि वाईसीएल पार्टीको सशक्त मोर्चा भएको बताउँदै संगठनले पार्टीलाई बलियो बनाउने दिशामा अग्रणी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नु भएकाे छ ।

अधिवेशनबाट नयाँ जिल्ला कार्य समिति समेत गठन गरिएको छ। ५१ सदस्यीय नयाँ समिति चयन गरिएको छ, जसको अध्यक्षमा आकाश जिसी निर्वाचित हुनु भएकाे छ । उपाध्यक्षहरूमा दर्शन चौधरी, विष्णु योगी र ममता सुनार चयन हुनु भएकाे छ। सचिवमा रामलखन चौधरी, सह–सचिवमा रमा चौलागाई, भरत उपाध्याय र  ओम प्रकाश चौधरी रहनु भएकाे छ । कोषाध्यक्षको जिम्मेवारी गोविन्द थारुलाई दिइएको छ।

नवगठित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ। कार्यक्रम ठाकुरद्वारामा भएकाे  थियाे । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार