मुख्य समाचार
बारबर्दियामा विपद् जोखिम बीमा कार्यविधिको मस्यौदामाथि समूहगत छलफल | किशोरकिशोरीमैत्री सेवा प्रभावकारी बन्दै, संरचना दिगो बनाउन सुझाव | चाडपर्व लक्षित बर्दियाका पाँच स्थानमा यात्रु सहायता कक्ष सञ्चालन | बर्दियामा ४१ प्रहरीद्वारा रक्तदान | सुनौलो महिला विकास सहकारीमा शेयर सदस्य र बचत बढ्यो | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | गुलरियामा दशैंको अवसरमा राष्ट्रिय कलाकारसहित सांस्कृतिक कार्यक्रम हुने | बाढी प्रभावितका लागि बनाइएको सुरक्षित आवास नै डुबानमा | यौन तथा प्रजनन स्वास्थ्य मेला सम्पन्न, लैंगिक तथा अपाङ्गमैत्री शौचालय हस्तान्तरण |

समुदायको जलवायु उत्थानशीलता मापन, समन्वय र योजना साझेदारी
समुदायको जलवायु उत्थानशीलता मापन, समन्वय र योजना साझेदारी

Rato Pen 368+ समाचार ( )
२० जेठ २०८२, मङ्गलबार

बारबर्दिया —

सामुदायिक स्तरमा जलवायु उत्थानशीलता प्रवर्द्धन गर्ने उद्देश्यले बारबर्दिया नगरपालिकामा परियोजनासम्बन्धी योजना, कार्य प्रगति तथा मापन नतिजा साझेदारी बैठक सम्पन्न भएको छ। प्राक्टिकल एक्सनको आर्थिक सहयोगमा भेरी वातावरणीय विशिष्टता समूह (बी ग्रुप) द्वारा सञ्चालित परियोजना बारबर्दिया नगरपालिकाको वडा नं. १, २, ३, ४ र ११ का ८ वटा समुदायमा क्रियाशील छ।

बैठकमा प्रमुख प्रस्तोता प्राक्टिकल एक्सन नेपालका वरिष्ठ परियोजना अधिकृत चक्रबहादुर बमले बाढीसम्बन्धी ५२ वटा सूचकका आधारमा गरिएको अध्ययन प्रस्तुत गर्नुभयो। उहाँले मापन नतिजाको व्याख्या गर्दै समुदायमा जोखिमको पहिचान र समाधानतर्फ सुझाव दिनुभयो।

बारबर्दिया नगरपालिकाकी उपप्रमुख रत्नकुमारी पाण्डेले हाल बजेट तर्जुमा भइरहेको सन्दर्भमा यस्तो कार्यक्रम अत्यन्त सान्दर्भिक रहेको बताउनुभयो। उहाँले आगामी दिनमा योजनाबद्ध र समन्वयमा आधारित कार्यान्वयनको आवश्यकता औँल्याउनुभयो।

वडा नं. २ का अध्यक्ष तथा आर्थिक विकास समितिका संयोजक रामफेरन थारुले पूर्वसूचना प्रणालीलाई प्रभावकारी र अद्यावधिक बनाउनुपर्नेमा जोड दिनुभयो। समयमै सूचना प्रवाह हुन नसके विपद् जोखिम थपिन सक्ने उहाँको भनाइ थियो।

बी ग्रुपका अध्यक्ष डा. इन्द्रबहादुर भण्डारीले कार्यक्रम सफल बनाउन योजनाबद्ध रूपमा अघि बढ्नुपर्ने बताउनुभयो। उहाँले सबै सरोकारवाला र जनप्रतिनिधिहरूको सक्रिय चासो अपरिहार्य रहेको उल्लेख गर्नुभयो।

रेडक्रस बारबर्दिया उपशाखाका सभापति श्रीराम चौधरीले समन्वयमा सञ्चालन गरिएका कार्यक्रमहरूमार्फत रेडक्रससँग रहेको दक्ष जनशक्ति परिचालन गर्न सहयोग पुग्ने धारणा राख्नुभयो।

परियोजनाका कार्यक्रम संयोजक हेमन्तराज जोशीले कार्य प्रगति विवरण प्रस्तुत गर्दै विभिन्न गतिविधिको जानकारी गराउनुभयो। तीमध्ये विपद् व्यवस्थापन समिति गठन, मासिक बैठक, नियमित छलफल, आपतकालीन सामग्री उपलब्ध गराउने, प्रारम्भिक सर्वेक्षण तथा तीनपटक समुदायमा आधारित विपद् जोखिम व्यवस्थापन तालिम सञ्चालन गरेकाे जानकारी गराउनु भएकाे छ 

बैठकमा सहभागी सरोकारवालाहरूले परियोजनाको वर्तमान अवस्था, चुनौती र आगामी योजना विषयमा गहन छलफल गर्दै दीर्घकालीन र प्रभावकारी कार्यान्वयनका लागि साझा प्रतिबद्धता व्यक्त गर्नु भएकाे छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार