मुख्य समाचार
ठाकुरबाबा नगरपालिकाको वार्षिक समीक्षा तथा पर्यटन गुरुयोजनामाथि छलफल | बारबर्दिया–२ मा नवनिर्मित वडा कार्यालय भवन उद्घाटन | सशस्त्र द्वन्द्वमा बेपत्ता थारूको २५ वर्षपछि कुशको शव बनाएर अन्त्येष्टि ! | बारबर्दिया–७ मा ‘कामका लागि नगद’ कार्यक्रम सम्पन्न | अन्तर्राष्ट्रिय युवा दिवसमा बर्दियामा सामूहिक सर्वाङ्ग माटो लेप | विपद् व्यवस्थापनमा पूर्वतयारी : बर्दियामा तीनदिने कृत्रिम घटना अभ्यास सम्पन्न | ओझेलमा सारङ्गी ः नयाँ पुस्तासँगै लोपोन्मुख गन्धर्वको मौलिक पहिचान | आदिवासी जनजाति महासंघ बर्दियाको अध्यक्षमा इन्द्रकुमार श्रेष्ठ निर्वाचित | बर्दियामा शान्ति सुरक्षा, सामाजिक सद्भाव सुदृढ गर्न पाँचबुँदे प्रतिबद्धता | बर्दियामा फस्टाउँदै व्यावसायिक केरा खेती |

विराटनगर महानगरलाई हाजी इन्जिनियरिङद्वारा डस्विन प्रदान

Rato Pen 1+ समाचार ( )
१ जेठ २०८०, सोमबार

विराटनगर । विराटनगर तीनपैनीस्थित हाजी इन्जिनियरिङ एण्ड ग्रिल वर्कसपले विराटनगर महानगरपालिकालाई विशेष किसिमको डस्विन प्रदान गरेको छ । 

आज आयोजित एक समारोहका बीच मेयर नागेश कोइरालालाई डस्विन हस्तान्तरण गर्नु भएको हो । पहिलो चरणमा महानगरलाई १० थान डस्विन प्रदान गरेको वर्कसपका सञ्चालक मोहम्मद अनवर अन्सारीले बताउनुभयो ।

महानगरलाई चार महिनाभित्र १ सय २५ थान डस्विन प्रदान गरिसक्ने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले विराटनगर बनाउने दायित्व सबैको भएकाले आफूले महानगरले जारी राखेको सरसफाई अभियानमा सहयोग पुगोस् भनेर नि:शुल्क रुपमा डस्विन प्रदान गरेको जानकारी दिनुभयो ।

डस्विन निर्माण गर्दा एउटाको १२ हजार ५ सय परेको उहाँले बताउनुभयो । त्यस्तै कार्यक्रममा मेयर कोइरालाले अनबर जस्तै मनकारीहरुको साथ र सहयोग प्राप्त भए विराटनगर समृद्धि र व्यवस्थित बन्न समय नलाग्ने दाबी गर्नुभयो ।

उहाँले महानगरको एक्लो प्रयासले मात्रै विराटनगरको विकास गर्न नसकिने उल्लेख गर्नुभयो । विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियान जारी रहेको बताउनुभयो । उहाँले अभियान सफल बनाउन सबैलाई सहयोग गर्न आग्रहसमेत गर्नुभयो । महानगरको सरसफाई शाखाका प्रमुख पुनम दाहालले प्राप्त डस्विनलाई मुख्य बजार क्षेत्रमा राखिने जानकारी दिनुभयो ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार