मुख्य समाचार
चाडपर्व लक्षित बर्दियाका पाँच स्थानमा यात्रु सहायता कक्ष सञ्चालन | बर्दियामा ४१ प्रहरीद्वारा रक्तदान | सुनौलो महिला विकास सहकारीमा शेयर सदस्य र बचत बढ्यो | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | गुलरियामा दशैंको अवसरमा राष्ट्रिय कलाकारसहित सांस्कृतिक कार्यक्रम हुने | बाढी प्रभावितका लागि बनाइएको सुरक्षित आवास नै डुबानमा | यौन तथा प्रजनन स्वास्थ्य मेला सम्पन्न, लैंगिक तथा अपाङ्गमैत्री शौचालय हस्तान्तरण | सीप सिक्दै आत्मनिर्भर बन्ने यात्रामा अपाङ्गता भएका व्यक्ति | नागरिकता लिन आएका फरार प्रतिवादी पक्राउ |

बारबर्दियामा अन्तरलिङ्गी ब्यक्तिहरुको बारेमा जनचेतना अभिमुखीकरण
बारबर्दियामा अन्तरलिङ्गी ब्यक्तिहरुको बारेमा जनचेतना अभिमुखीकरण

Rato Pen 366+ समाचार ( )
२९ कार्तिक २०८१, बिहीबार

बारबर्दिया,  

बारबर्दियामा सरोकारवाला निकायहरुसंग अन्तरलिङ्गी ब्यक्तिहरुको बारेमा जनचेतना अभिमुखीकरण कार्यक्रम गरिएको छ । क्याम्पेन फर चेन्जको समाबेशीता र शारीरिक स्वायत्तताको लागि एक जुट अन्तरलिङ्गी आवाजहरु कार्यक्रम अन्तरगत बारबर्दिया नागरिक समाजको समन्वयमा सरोकारवाला निकाय मार्फत जनचेतना अभिबृद्धिका लागि अभिमुखीकरण गरिएको हो । 

नागरिक समाजका सदस्य तथा सरोकारवालाहरुलाई अन्तरलिङ्गीको बारेमा जानकारी, तेस्रोलिङ्गी र अन्तरलिङ्गी बिचको अन्तर, अन्तरलिङ्गीहरुले भोग्नु परेको सामाजिक अपहेलना, सार्वजनिक क्षेत्रमा हुने हिंसा तथा भौतिक संरचना बारेमा जानकारी गराई छलफल गरिएको छ । अन्तरलिङ्गी एक वा एक भन्दा बढि जन्मजात यौन विशेषताहरुको शारीरिक विविधता लिएर जन्मेका ब्यक्तिहरुलाई जनाउछ । जन्मदा एउटा लिङ्ग(महिला वा पुरुष) भएर जस्तो रहने तर उसको आनीबानी, ब्यबहार, प्राकृतिक रुपमा फरक लिंङ्गको अनुभुति गर्नेलाई तेस्रोलिङ्गी भनिने गरिन्छ । यसलाई हाम्रो समुदायले सामान्य ब्यक्तिसरह स्वीकार्य बनाउनका लागि अभिमुखिकरण गरिएको क्याम्पेन फर चेन्जका समाजपरिचालक अमर चौधरीले जानकारी गराउनु भएको छ । 

उक्त कार्यक्रम अन्तरगत अन्तरलिङ्गीहरुको जिविकोपार्जन, आयआर्जन, मान अधिकार सम्बन्धी पैरवी  तथा कानुनी सचेतना शिक्षामा सहयोग, ब्यक्तिगत घटना दर्ता, बिशेष गरेर जन्मदर्ता र विवाह दर्तामा सहयोग गर्ने कार्यक्रम गर्दै आएको छ । यसैगरी अन्तरलिङ्गीहरुको अध्ययन तथा अनुसन्धान गर्ने, प्रकृतिक प्रकोप, बिपद्को बेलामा सहयोग, अन्तरलिङ्गी बच्चाको सर्जरी गर्नेको अन्त्य, अन्तरलिङ्गीहरुको तथ्याँक संकलन, अन्तरलिङ्गीले विवाह गर्न हुदैन भन्ने कुराको भ्रम चिर्न, स्वास्थ्य सम्बन्धी जनचेतना लगाएतका कार्यक्रमहरु संचालन गर्दै आएको क्याम्पेन फर चेन्जका समाजपरिचालक नविन चौधरीले जानकारी गराउनु भएको छ । 

यो कार्यक्रम नेपालको लुम्बिनी, कर्णाली, बाग्मती र मधेश प्रदेशमा संचालनमा रहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार