मुख्य समाचार
स्थानीय विपद् तथा जलवायु उत्थानशील कार्यढाँचा तथा बाली बीमा सम्बन्धी प्रारम्भिक कार्यशाला गोष्ठी सम्पन्न | कृष्णसार संरक्षण क्षेत्रमा आतंक मच्चाइरहेको चितुवा नियन्त्रणमा | रानीजरुवामा २८औँ सहिद स्मृति दिवस मनाइयो | राजकुलामा अस्थायी तटबन्धन निर्माणको ८ दिने ‘कामका लागि नगद’ कार्यक्रम सम्पन्न | मापदण्डविपरीत नदीजन्य पदार्थ उत्खनन भएको निष्कर्ष, कारबाही प्रक्रिया अघि बढाइने | राजकुलामा अस्थायी तटबन्धन निर्माण सुरु, स्थानीयलाई रोजगारीसँगै बाढी जोखिम न्यूनीकरणमा टेवा | राजापुर सिँचाइ आयोजनाको पुनस्थापना अघि वातावरणीय राय–सुझाव संकलन | विश्व वातावरण दिवसमा बर्दिया र कैलालीका समुदायमा बाढी कृत्रिम घटना अभ्यास | बारबर्दियाका विद्यालयमा अस्वस्थकर खाना नियन्त्रण अभियान सञ्चालन, सबै विद्यालयमा विस्तार गरिने | गणतन्त्र दिवसमा कर्मचारी ब्याडमिन्टन प्रतियोगिता ः राजापुर नगरपालिका प्रथम |

किशोर यौन तथा प्रजनन स्वास्थ्यबारे सहकर्मी शिक्षक तालिम
किशोर यौन तथा प्रजनन स्वास्थ्यबारे सहकर्मी शिक्षक तालिम

Rato Pen 306+ समाचार ( )
११ वैशाख २०८२, शुक्रबार

बारबर्दिया नगरपालिका–५ मा रहेकाे जनप्रिय आधारभूत विद्यालयमा अध्ययनरत किशोरकिशोरीहरूलाई लक्षित गरी यौन तथा प्रजनन स्वास्थ्य र अधिकार सम्बन्धी पाँचदिने सहकर्मी शिक्षक तालिम सम्पन्न भएको छ। किशोरकिशोरीहरूलाई स्वयंमार्फत समुदायमा सचेतना फैलाउने उद्देश्यले राधाकृष्ण थारु जनसेवा केन्द्र गुलरियाको आयोजनामा तालिम संचालन गरिएको हो। उक्त कार्यक्रम प्लान इन्टरनेशनल नेपाल र कोईकाको सहयोगमा सम्पन्न भएको हो।

तालिममा सहभागी किशोरकिशोरीलाई सहकर्मी शिक्षकको भूमिका निर्वाह गर्दै यौन तथा प्रजनन सम्बन्धी जानकारी दिन सशक्त बनाउने उद्देश्य राखिएको थियो। कार्यक्रममा प्रादेशिक अस्पताल बुटवलकी वरिष्ठ नर्सिङ्ग प्रशिक्षक माधुरी ज्ञवाली र स्वास्थ्यकर्मी पारश रावलले पाँच दिनसम्म प्रशिक्षण दिएका थिए।

कार्यक्रमका प्रशिक्षक माधुरी ज्ञवालीले सिकेका कुरालाई व्यवहारमा उतार्दा मात्र यसको प्रभाव देखिने बताउनुभयो। लिखितरूपमा जान्नुभन्दा व्यवहारमै लागु गर्न सके मात्र वास्तविक उपलब्धि मान्न सकिने उहाँको भनाइ थियो।

प्लान इन्टरनेशनल नेपालका कार्यक्रम अधिकृत सुष्मा घर्तीमगरले "ज्ञान, सिप र धारणा आफैमा सीमित नराखी अरूसँग बाँड्नु पर्दछ," भन्दै सहभागिलाई अरूलाई पनि सिकाउन प्रेरित गर्नुभयो। उहाँले परिवार नियोजन, स्यानेटरी प्याड र प्रजननसम्बन्धी ज्ञान खुलेर आदान–प्रदान गर्नुपर्नेमा जोड दिनुभयो।

राधाकृष्ण थारु जनसेवा केन्द्रकी कार्यक्रम अधिकृत सुमित्रा पौडेलले किशोरकिशोरीहरूलाई यौन तथा प्रजनन स्वास्थ्यका विषयमा खुलेर कुरा गर्न आग्रह गर्नुभयो। उहाँले "खुलेर कुराकानी गर्न सके तालिम प्रभावकारी हुनेछ" भन्ने धारणा व्यक्त गर्नुभयो।

तालिममा सहभागी किशोरी अञ्जली थारुले "साथी शिक्षक भएर सिकाउने मौका पाइयो, किशोर अवस्थामा हुने मानसिक, शारीरिक र यौन परिवर्तनका विषयमा जानकारी पाएँ," भन्दै तालिमले धेरै नयाँ कुरा सिकाएको बताइन्।

परियोजनाकी सुपरभाइजर लक्ष्मी भुर्तेलका अनुसार तालिममा २५ जना किशोरकिशोरीको सहभागीता रहेको थियो।

यो तालिममार्फत किशोरकिशोरीहरूमा यौन तथा प्रजनन अधिकारबारे आत्मविश्वासका साथ संवाद गर्न सक्ने वातावरण निर्माणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार