मुख्य समाचार
बारबर्दियामा विपद् जोखिम बीमा कार्यविधिको मस्यौदामाथि समूहगत छलफल | किशोरकिशोरीमैत्री सेवा प्रभावकारी बन्दै, संरचना दिगो बनाउन सुझाव | चाडपर्व लक्षित बर्दियाका पाँच स्थानमा यात्रु सहायता कक्ष सञ्चालन | बर्दियामा ४१ प्रहरीद्वारा रक्तदान | सुनौलो महिला विकास सहकारीमा शेयर सदस्य र बचत बढ्यो | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | गुलरियामा दशैंको अवसरमा राष्ट्रिय कलाकारसहित सांस्कृतिक कार्यक्रम हुने | बाढी प्रभावितका लागि बनाइएको सुरक्षित आवास नै डुबानमा | यौन तथा प्रजनन स्वास्थ्य मेला सम्पन्न, लैंगिक तथा अपाङ्गमैत्री शौचालय हस्तान्तरण |

बारबर्दिया नागरिक समाज बाल विवाह सचेतनामुलक अभियान चलाउदै
बारबर्दिया नागरिक समाज बाल विवाह सचेतनामुलक अभियान चलाउदै

Rato Pen 368+ समाचार ( )
२७ जेठ २०८१, आइतबार

बारबर्दिया 

बारबर्दिया नागरिक समाजले बाल विवाह न्युनिकरण सम्बन्धी जनचेतना मुलक अभियान संचालन गरिरहेको छ । बारबर्दिया नगरपालिकालाई २०८३ साल भित्रमा बाल विवाह मुक्त वडा घोषणा गर्ने कार्यक्रम अन्तरगत वडा स्तरमा बाल विवाह न्युनिकरणका कार्यक्रमहरु संचालन भईरहेको छ । आगामी आर्थिक बर्षका लागि योजना तर्जुमा प्रक्रिया शुरु हुनु भन्दा पहिले समुदायमा गएर बाल विवाह न्युनिकरणका लागि कस्ता खालको कार्यक्रमहरु गर्न सकिन्छ भन्ने बिषयमा स्थानीय समुदाय र जनप्रतिनिधिहरु बिच छलफल कार्यक्रमहरु संचालन भईरहेको छ । छलफलका क्रममा बारबर्दिया नगरपालिको वडा नम्बर १० लम्कीफाँटा र वडा नम्बर २ को जितपुरमा स्थानीय समुदाय र जनप्रतिनिधि, स्वास्थ्यकर्मीहरु बिच छलफल गरिएको छ । छलफल सहभागीहरुले बाल विवाह न्युनिकरणका अभियानलाई निरन्तर संचालन गर्न आवश्यक रहेको बताउनु भएको छ । समुदायमा अहिले पनि चेतनाको विकास भएपनि ब्यबहार परिवर्तन गर्न नसकेको कारण अझैपनि बाल विवाहका घटना भईरहेको सहभागीहरुको भनाई रहेको छ । अभियानमै लागेका अभिभावकहरुकै छोराछोरी, नाती नातीनाहरुले नै बाल विवाह गरिदिने वा अभियानमा लागेका किशोरकिशोरीहरुले पनि वाल विवाह गरिहेको हुनाले हाम्रो समुदायमा रहेको बिभिन्न किसिमका हानिकार अभ्यासहरुले नै प्रभाव पारीरहेको बताउनु भएको छ । बाल विवाहलाई दुरुत्साहन गर्ने पराम्परागत वा समुदायमा मौलाउदै गएको गतिबिधिहरुलाई न्युनिकरण गर्नुृ पर्ने किसिमको योजना तथा कार्यक्रमहरु ल्याउनु पर्ने बताउनु भएको छ । वडा कार्यालय तथा विद्यालय, स्वास्थ्यसंस्था मार्फत समुदाय स्तरमा कार्यक्रमहरु संचालन गर्नु पर्ने भनाई राख्नु भएको छ । किशोरकिशोरीहरुलाई यौन तथा प्रजनन् अधिकार सम्बन्धी जानकारी गराई उहाँहरुको गोपनीयता हुने गरी परामर्श लिने वातावरण हुनु पर्ने कुरामा जोड दिनु भएको छ । समुदाय स्तरमा हुने आवश्यकता भन्दा बढि हुने भोजभटेर, चार्ड पर्वको बेलामा ठूलो आवाजमा बज्ने डिजे जस्ता कुरामा नियन्त्रण गर्नु पर्ने आवश्यकता रहेको बताउनु भएको छ । 

वडा नम्बर १० का वडा अध्यक्ष रणबहादुर चौधरीले योजनाबद्ध तरीकाबाट बाल विवाह न्युजिकरणका कार्यक्रमहरु संचालन गर्नु बताउनु भएको छ । साथै यसमा समुदाय तथा बरघरहरुको महत्वपुर्ण भूमिका रहने बताउनु भएको छ । आगामी बर्षका बजेटमा बाल विवाह न्युनिकरण सम्बन्धी कार्यक्रमहरु संचालन गर्ने बताउनु भएको छ । आधारभूत स्वास्थ्य केन्द्र लम्कीफाँटाका इन्चर्ज हरिशकुमार डिसीले किशोरकिशोरीहरुलाई विद्यालय तथा समुदाय स्तरमा बाल विवाह न्युनिकरणका लागि बिभिन्न किसिमका गतिविधि गर्न सकिने बताउनु भएको छ । 

प्लान इन्टरनेशनल नेपाल र भेरी वातावरणीय विशिष्टता समुह(बि ग्रुप)को साझेदारीमा संचालित बाल विवाह न्युनिकरण परियोजना बारबर्दिया नगरपालिकाको समन्वयमा नागरिक समाज संजाल बारबर्दियाको आयोजनामा कार्यक्रम भएको हो । कार्यक्रममा वडा स्तरका जनप्रतिनिधि, स्वास्थ्यकर्मी, बरघर, महिला स्वास्थ्य स्वयमसेविकाको प्रतिनिधि, स्थानीय समुदायको सहभागीतामा वडा नम्बर २ र १० का कार्यक्रम संचालन गरिएको बि ग्रुपकी सुपरभाईजर विनिता परियारले जानकारी गराउनु भएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार