मुख्य समाचार
चाडपर्व लक्षित बर्दियाका पाँच स्थानमा यात्रु सहायता कक्ष सञ्चालन | बर्दियामा ४१ प्रहरीद्वारा रक्तदान | सुनौलो महिला विकास सहकारीमा शेयर सदस्य र बचत बढ्यो | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | गुलरियामा दशैंको अवसरमा राष्ट्रिय कलाकारसहित सांस्कृतिक कार्यक्रम हुने | बाढी प्रभावितका लागि बनाइएको सुरक्षित आवास नै डुबानमा | यौन तथा प्रजनन स्वास्थ्य मेला सम्पन्न, लैंगिक तथा अपाङ्गमैत्री शौचालय हस्तान्तरण | सीप सिक्दै आत्मनिर्भर बन्ने यात्रामा अपाङ्गता भएका व्यक्ति | नागरिकता लिन आएका फरार प्रतिवादी पक्राउ |

बर्दियामा बेपत्ता दिवस : आयोगसँग छलफल, सडकमा र्याली र पालिकाभरि दीप प्रज्वलन
बर्दियामा बेपत्ता दिवस : आयोगसँग छलफल, सडकमा र्याली र पालिकाभरि दीप प्रज्वलन

Rato Pen 366+ समाचार ( )
१३ भाद्र २०८२, शनिबार

बर्दिया – द्वन्द्वपीडित समिति बर्दियाको आयोजनामा १५औँ अन्तराष्टि्य बेपत्ता पार्ने विरुद्धको दिवस विभिन्न कार्यक्रमसहित मनाइएको छ। विहान शान्ति र्याली, दिउँसो आयोगका पदाधिकारीसँग अन्तरसंवाद र बेलुकी सबै पालिकामा दिपप्रज्वलन गर्दै बेपत्ता परिवारप्रति सम्मान प्रकट गरिएको हो।

कार्यक्रममा आउनु भएका आयाेगका अध्यक्ष तथा सदस्यहरुले पत्रकार भेटघाटमार्फत अयाेगद्बारा गरिएको कार्यक्रमको बारेमा जानकारी गराउनु भएकाे छ । सोही क्रममा बेपत्ता छानबिन आयोगकी अध्यक्ष डिलादेवी गड्तौला र सत्यनिरुपण तथा मेलमिलाप आयोगका प्रतिनिधिहरूले हालसम्मको प्रगतिबारे जानकारी दिनु भएकाे छ। उहाँहरूले उजुरीको बढ्दो संख्या, छानबिन प्रक्रिया र पीडित परिवारसँगको प्रत्यक्ष सम्पर्कलाई प्राथमिकतामा राखी काम अघि बढाइएको बताउनु भएकाे छ।

दिउँसोको छलफलमा सरोकारवाला निकायका प्रतिनिधि, मानवअधिकारकर्मी, पत्रकार र द्वन्द्वपीडित परिवारबीच खुला बहस तथा अन्तरसंवाद भएको छ । छलफलमा सहभागीहरूले बेपत्ता पारिएका घटनाको सत्यतथ्य छानबिन, दोषी पहिचान, पीडितलाई परिपूरण तथा भविष्यमा यस्ता घटना नदोहोरिने व्यवस्था गर्न राज्यलाई जवाफदेही बनाउनुपर्नेमा जोड दिनु भएकाे छ ।

बेलुकीको दिपप्रज्वलन कार्यक्रममा बर्दियाका सबै पालिकामा एकसाथ दीप बालेर बेपत्ता व्यक्तिहरूको सम्झना गरिएको थियो। पीडित परिवारले दीप प्रज्वलनलाई “आफ्ना प्रियजनको सम्झना मात्र नभई न्याय र सत्य प्राप्तिको प्रतीक” भएको बताउनु भएकाे छ ।

कार्यक्रमका क्रममा द्वन्द्वपीडित समिति बर्दियाका अध्यक्ष भागिराम चौधरीले आयोगलाई अब ढिलाइ नगरी फिल्डमा पुग्न र घटनाहरूको छानबिन प्रारम्भ गर्न आग्रह गर्नु भएकाे छ। उहाँका अनुसार, बेपत्ता पारिएका परिवारहरूलाई सत्य थाहा पाउने, न्याय पाउने र परिपूरणको अधिकार सुनिश्चित गराउन दुवै आयोगले तत्काल ठोस कदम चाल्नुपर्ने आवश्यकता छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार