मुख्य समाचार
ठाकुरबाबा नगरपालिकाको वार्षिक समीक्षा तथा पर्यटन गुरुयोजनामाथि छलफल | बारबर्दिया–२ मा नवनिर्मित वडा कार्यालय भवन उद्घाटन | सशस्त्र द्वन्द्वमा बेपत्ता थारूको २५ वर्षपछि कुशको शव बनाएर अन्त्येष्टि ! | बारबर्दिया–७ मा ‘कामका लागि नगद’ कार्यक्रम सम्पन्न | अन्तर्राष्ट्रिय युवा दिवसमा बर्दियामा सामूहिक सर्वाङ्ग माटो लेप | विपद् व्यवस्थापनमा पूर्वतयारी : बर्दियामा तीनदिने कृत्रिम घटना अभ्यास सम्पन्न | ओझेलमा सारङ्गी ः नयाँ पुस्तासँगै लोपोन्मुख गन्धर्वको मौलिक पहिचान | आदिवासी जनजाति महासंघ बर्दियाको अध्यक्षमा इन्द्रकुमार श्रेष्ठ निर्वाचित | बर्दियामा शान्ति सुरक्षा, सामाजिक सद्भाव सुदृढ गर्न पाँचबुँदे प्रतिबद्धता | बर्दियामा फस्टाउँदै व्यावसायिक केरा खेती |

७५ वर्ष पुगेका २४ जना वृद्धा–वृद्धालाई सहकारीद्वारा सम्मान
७५ वर्ष पुगेका २४ जना वृद्धा–वृद्धालाई सहकारीद्वारा सम्मान

Rato Pen 344+ समाचार ( )
१९ मंगशिर २०८२, शनिबार

होमेन्द्र थापा, बर्दिया
मंसिर २० गते

सुनौलो महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो २४औँ स्थापना दिवस तथा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा ७५ वर्ष उमेर पूरा गरेका २४ जना वृद्धा–वृद्धालाई विशेष सम्मान गरेको छ।

शुक्रबार आयोजित कार्यक्रममा गुलरिया नगरपालिकाको कार्यक्षेत्रभित्र रहेका ती जेष्ठ नागरिकलाई गुलरिया नगरपालिकाकी महिला विकास शाखा प्रमुख, सहकारीकी अध्यक्ष खुमा पोख्रेल, निर्वतमान अध्यक्ष इन्दिरा सुवेदीलगायतले फूलमाला, टीका, न्यानो साल ओढाइदिएर तथा प्रति व्यक्तिलाई पाँच सय रुपैयाँ नगदसहित चिया–खाजा खुवाई सम्मान गरियो।

स्थापना दिवसकै अवसरमा किशोरी शिक्षा कार्यक्रमअन्तर्गत बाल वक्तृत्वकला प्रतियोगितासमेत सम्पन्न गरियो। प्रतियोगितामा अधिकार, घरेलु हिंसा, मानव अधिकार, बालविवाह, मानव बेचबिखनलगायत विषयमा सहभागी किशोरीहरूले आफ्नो प्रस्तुति दिएका थिए।

कार्यक्रममा गुलरिया नगरपालिकाकी उपप्रमुख साबित्रा गौतमले सम्मानित वृद्धा–वृद्धाहरूप्रति शुभकामना व्यक्त गर्दै, “जस्तो सिकायो, उस्तै सिक्ने,” भन्दै आज गरिएको सम्मानले भावी पुस्ताले पनि अभिभावकप्रति सम्मान र कदर गर्ने संस्कार विकास हुने विश्वास व्यक्त गरिन्।

सहकारीले गएको वर्ष वृद्धा आमाहरूलाई सम्मान गरेको थियो भने यस वर्ष वृद्धा आमा–बुबा दुवैलाई सम्मान गरिएको छ। २०५८ साल असार १५ गते प्रारम्भिक साधारणसभा गरी २०५८ मंसिर १८ गते विधिवत् दर्ता भएको यस सहकारीले एक सय रुपैयाँ शेयर सदस्यता, २० रुपैयाँ प्रवेश शुल्क र पाँच रुपैयाँ मासिक बचतबाट यात्रा सुरु गरेको थियो। अहिले सहकारी २४औँ वर्षमा प्रवेश गरिसकेको छ।

स्थापनाकालदेखि सहकारीले लैङ्गिक हिंसा न्यूनीकरण, महिला सशक्तिकरण, आय–आर्जन प्रवर्द्धन, बालविवाह रोकथाम, बहुविवाह नियन्त्रण, अनमेल विवाह न्यूनीकरण तथा किशोरी शिक्षा कार्यक्रमलगायतका सामाजिक विकासका गतिविधि सञ्चालन गर्दै आएको अध्यक्ष खुमा पोख्रेलले जानकारी दिनुभयो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार