मुख्य समाचार
किशोरकिशोरीमैत्री सेवा प्रभावकारी बन्दै, संरचना दिगो बनाउन सुझाव | चाडपर्व लक्षित बर्दियाका पाँच स्थानमा यात्रु सहायता कक्ष सञ्चालन | बर्दियामा ४१ प्रहरीद्वारा रक्तदान | सुनौलो महिला विकास सहकारीमा शेयर सदस्य र बचत बढ्यो | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | गुलरियामा दशैंको अवसरमा राष्ट्रिय कलाकारसहित सांस्कृतिक कार्यक्रम हुने | बाढी प्रभावितका लागि बनाइएको सुरक्षित आवास नै डुबानमा | यौन तथा प्रजनन स्वास्थ्य मेला सम्पन्न, लैंगिक तथा अपाङ्गमैत्री शौचालय हस्तान्तरण | सीप सिक्दै आत्मनिर्भर बन्ने यात्रामा अपाङ्गता भएका व्यक्ति |

बर्दियामा पत्रकारहरुको होली मिलन कार्यक्रम सम्पन्न
बर्दियामा पत्रकारहरुको होली मिलन कार्यक्रम सम्पन्न

Rato Pen 367+ समाचार ( )
३० फाल्गुन २०८१, शुक्रबार

होमेन्द्र थापा, 

बर्दियामा नेपाल पत्रकार महासंघ जिल्ला शाखा बर्दियाद्वारा आयोजित होली मिलन कार्यक्रममा पत्रकारहरुले शुभकामना आदान प्रदान गर्दै रंगहरूको पर्व उल्लासपूर्वक मनाएका छन्। गुलरिया नगरपालिका–६ स्थित राधाकृष्ण चोकमा पत्रकारहरू सामूहिक रूपमा भेला भई एकआपसमा टिका लगाई, मिठाई बाँड्दै तथा शुभकामना साटासाट गर्दै होली पर्व मनाएका हुन्।

नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष निर्मल घिमिरेले पत्रकारहरू अहोरात्र समाचार संकलनमा व्यस्त रहने भएकाले यस्ता कार्यक्रमले व्यक्तिगत तथा सामूहिक जीवनमा सौहार्दता बढाउने बताएका छन्। उनले भने, "रंगको पर्व होलीले भाइचाराको सम्बन्ध स्थापित गर्छ।"

होली मिलन कार्यक्रममा पूर्वमन्त्री तथा संघीय सांसद संजय कुमार गौतम, प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, जिल्ला प्रहरी कार्यालयका प्रमुख केदार खनाल, सशस्त्र प्रहरी उपरीक्षक, ट्राफिक प्रमुख, निर्माण व्यवसायी संघ लुम्बिनी प्रदेशका महासचिव भेषराज पौडेल, नागरिक समाज सञ्जालकी संयोजक हिमा सुनार लगायत विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा आयोजकको तर्फबाट नेपाल पत्रकार महासंघका उपाध्यक्ष डिल प्रकाश गौतमले सहभागीहरूलाई स्वागत मन्तव्य दिँदै होलीको शुभकामना व्यक्त गरेका थिए। सहभागीहरूले होली पर्वले एकता, सद्भाव र आपसी खुशी साटासाट गर्ने विश्वास व्यक्त गरेका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार