मुख्य समाचार
बारबर्दियामा विपद् जोखिम बीमा कार्यविधिको मस्यौदामाथि समूहगत छलफल | किशोरकिशोरीमैत्री सेवा प्रभावकारी बन्दै, संरचना दिगो बनाउन सुझाव | चाडपर्व लक्षित बर्दियाका पाँच स्थानमा यात्रु सहायता कक्ष सञ्चालन | बर्दियामा ४१ प्रहरीद्वारा रक्तदान | सुनौलो महिला विकास सहकारीमा शेयर सदस्य र बचत बढ्यो | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | गुलरियामा दशैंको अवसरमा राष्ट्रिय कलाकारसहित सांस्कृतिक कार्यक्रम हुने | बाढी प्रभावितका लागि बनाइएको सुरक्षित आवास नै डुबानमा | यौन तथा प्रजनन स्वास्थ्य मेला सम्पन्न, लैंगिक तथा अपाङ्गमैत्री शौचालय हस्तान्तरण |

ठाकुरबाबामा युवा तथा सरोकारवालाबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न
ठाकुरबाबामा युवा तथा सरोकारवालाबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न

Rato Pen 368+ समाचार ( )
१२ माघ २०८१, शनिबार

ठाकुरबाबा

युवाहरूको सवाललाई योजना तर्जुमा प्रक्रियामा समावेश गराउन सहयोग पुर्‍याउने उद्देश्यले ठाकुरबाबामा युवा तथा सरोकारवालाबीच अन्तरक्रिया कार्यक्रम विहीवार सम्पन्न भएको छ। प्लान इन्टरनेशनल नेपाल र राधाकृष्ण थारु जनसेवा केन्द्रको साझेदारीमा सञ्चालित सशक्त बालिका परियोजनाअन्तर्गत यो कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा ठाकुरबाबा नगरपालिका–८ का वडाध्यक्ष तथा सामाजिक विकास संयोजक टेक बहादुर बडुवाल सिजापतिले नगरपालिकाले शिक्षालाई उच्च प्राथमिकता दिएको बताउनुभयो। उहाँले खेलकुदमा युवालाई जागरुक बनाउन बजेट बिनियोजन गरिएको र युवा लक्षित कार्यक्रमहरू सञ्चालन भइरहेको जानकारी दिनुभयो। साथै, उहाँले आगामी दिनमा पनि युवाका सवालमा निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

सहभागी युवाहरूले सामाजिक सञ्जालको दुरुपयोग रोक्न, फोहोर व्यवस्थापनको सुधार गर्न, बाल विवाह तथा लागू पदार्थ दुव्र्यसनको रोकथाम गर्न, रोजगारी तथा स्वरोजगारका कार्यक्रम ल्याउन, र सीपमूलक शिक्षामा जोड दिनुपर्ने आवश्यकतामा जोड दिएका छन्।

कार्यक्रम ठाकुरबाबा युवा सञ्जालका अध्यक्ष धिरेन्द्र धितालको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा वडाध्यक्ष टेक बहादुर बडुवाल सिजापति प्रमुख अतिथि रहनुभएको थियो। साथै, ठाकुरबाबा युवा सञ्जालका सदस्य, बरघर, वन समिति, आमा समूह, किशोरी समूह, नागरिक समाज, र सञ्चारकर्मीहरूको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रमको सहजीकरण राधाकृष्ण थारु जनसेवा केन्द्रका कार्यक्रम अधिकृत संजय चौधरीले गर्नुभएको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार