मुख्य समाचार
ठाकुरबाबा नगरपालिकाको वार्षिक समीक्षा तथा पर्यटन गुरुयोजनामाथि छलफल | बारबर्दिया–२ मा नवनिर्मित वडा कार्यालय भवन उद्घाटन | सशस्त्र द्वन्द्वमा बेपत्ता थारूको २५ वर्षपछि कुशको शव बनाएर अन्त्येष्टि ! | बारबर्दिया–७ मा ‘कामका लागि नगद’ कार्यक्रम सम्पन्न | अन्तर्राष्ट्रिय युवा दिवसमा बर्दियामा सामूहिक सर्वाङ्ग माटो लेप | विपद् व्यवस्थापनमा पूर्वतयारी : बर्दियामा तीनदिने कृत्रिम घटना अभ्यास सम्पन्न | ओझेलमा सारङ्गी ः नयाँ पुस्तासँगै लोपोन्मुख गन्धर्वको मौलिक पहिचान | आदिवासी जनजाति महासंघ बर्दियाको अध्यक्षमा इन्द्रकुमार श्रेष्ठ निर्वाचित | बर्दियामा शान्ति सुरक्षा, सामाजिक सद्भाव सुदृढ गर्न पाँचबुँदे प्रतिबद्धता | बर्दियामा फस्टाउँदै व्यावसायिक केरा खेती |

एमाले कोशी अधिवेशन : सात ठाउँबाट मतगणना सुरु

Rato Pen 1+ समाचार ( )
१५ अशोज २०८०, सोमबार

विराटनगर । नेकपा एमाले कोशी प्रदेशको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना सुरु भएको छ । मतदान सम्पन्न भएको १२ घण्टा पछिदेखि मतगणना सुरु भएको हो । दिउँसो २ बजेदेखि नै मतगणना सुरु हुने भनिए पनि साढे ५ बजेदेखि मात्र सुरु भएको छ ।

मतगणनास्थलमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ भने ७ ठाउँमा मतगणना गरिएको छ । सुरुमा पदाधिकारीको मात्र गणना गरिने भएकाले पदाधिकारीको मतपरिणाम चाँडै घोषणा हुने देखिएको छ । पदाधिकारीको सकेर मात्र सदस्यहरुको मतगणना हुने बताइएको छ ।

निर्वाचनमा जम्मा ९ सय ७७ जना प्रतिनिधिले मतदान गरेका छन् । कुल ९ सय ९७ प्रतिनिधिमध्ये २० जना अनुपस्थित भएका छन् । गएराति १० बजेदेखि सुरु भएको मतदान विहान ५ बजजेतिर मात्र सकिएको थियो ।  

   अधिवेशनले २ सय १५ सदस्यीय प्रदेश कमिटीमा एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिवसहितको पदाधिकारी र सदस्यहरू निर्वाचित गर्नेछ । प्रदेश कमिटी सदस्य पदमा भने केही जिल्लामा निर्विरोध भएका छन् । 

एमालेको कोशी प्रदेश कमिटीको अध्यक्षमा मोरङका घनश्याम खतिवडा र विनोद ढकाल उम्मेदवार हुनुहुन्छ । यता उपाध्यक्षमा भने धनुकटाका टीकाराम चेम्जोङ निर्विरोध निर्वाचित हुनु भएको छ ।

सचिवमा उदयपुरका शैलेश लामा र पाँचथरका राजकुमार भण्डारी उम्मेदवार हुनुहुन्छ । यसैगरि २ जना उपसचिवका लागि ३ जनाको उम्मेदवारी परेको छ । जसमा खोटाङका देवान राई,  मोरङका खेम नेपाली र झापाकी जलवर्षा राजवंशी उम्मेदवार छन् ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार