मुख्य समाचार
ठाकुरबाबा नगरपालिकाको वार्षिक समीक्षा तथा पर्यटन गुरुयोजनामाथि छलफल | बारबर्दिया–२ मा नवनिर्मित वडा कार्यालय भवन उद्घाटन | सशस्त्र द्वन्द्वमा बेपत्ता थारूको २५ वर्षपछि कुशको शव बनाएर अन्त्येष्टि ! | बारबर्दिया–७ मा ‘कामका लागि नगद’ कार्यक्रम सम्पन्न | अन्तर्राष्ट्रिय युवा दिवसमा बर्दियामा सामूहिक सर्वाङ्ग माटो लेप | विपद् व्यवस्थापनमा पूर्वतयारी : बर्दियामा तीनदिने कृत्रिम घटना अभ्यास सम्पन्न | ओझेलमा सारङ्गी ः नयाँ पुस्तासँगै लोपोन्मुख गन्धर्वको मौलिक पहिचान | आदिवासी जनजाति महासंघ बर्दियाको अध्यक्षमा इन्द्रकुमार श्रेष्ठ निर्वाचित | बर्दियामा शान्ति सुरक्षा, सामाजिक सद्भाव सुदृढ गर्न पाँचबुँदे प्रतिबद्धता | बर्दियामा फस्टाउँदै व्यावसायिक केरा खेती |

मधुवनको शुक्र मावि नगरपालिकाकै पहिलो तीन तारा विद्यालय घोषणा
मधुवनको शुक्र मावि नगरपालिकाकै पहिलो तीन तारा विद्यालय घोषणा

Rato Pen 344+ समाचार ( )
८ पौष २०८२, बुधवार

मधुवन नगरपालिका वडा नम्बर ७ मा रहेको शुक्र माध्यमिक विद्यालयलाई मधुवन नगरपालिकाको पहिलो तीन तारा विद्यालय घोषणा गरिएको छ । विद्यालयको ४७औँ वार्षिक उत्सवको अवसर पारेर विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) क्षेत्रमा तीन तारा मापदण्ड पूरा गरेपछि उक्त घोषणा गरिएको हो ।

घोषणा कार्यक्रममा सम्बोधन गर्दै लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले प्रदेश सरकारले शिक्षा क्षेत्रको भौतिक संरचनाभन्दा शैक्षिक गुणस्तर सुधारलाई प्राथमिकता दिँदै बजेट विनियोजन गर्दै आएको बताउनुभयो । उहाँले प्रदेश सरकारले शिक्षालाई प्रमुख प्राथमिकतामा राखेर काम गरिरहेको उल्लेख गर्दै विद्यालयले तीन तारा प्राप्त गर्न पूरा गर्नुपर्ने मापदण्डबारे जानकारी गराउँदै उपलब्धि हासिल गरेकोमा बधाई ज्ञापन गर्नुभयो ।

कार्यक्रमका क्रममा विद्यालयलाई तीन ताराको प्रमाणपत्र प्रदान गरिएको थियो । साथै विद्यालयलाई तीन तारा स्तरसम्म पुर्‍याउन सहयोग पुर्‍याउने विभिन्न व्यक्ति तथा सरोकारवाला निकायलाई सम्मानपत्र प्रदान गरिएको छ । वक्ताहरूले विद्यालयको प्रगतिमा योगदान पुर्‍याउने सबैप्रति धन्यवाद व्यक्त गर्दै वार्षिक उत्सवको अवसरमा विद्यालयको समग्र प्रगतिबारे समिक्षात्मक धारणा राखेका थिए ।

कार्यक्रममा मधुवन नगरपालिकाका नगरप्रमुख तेजबहादुर भाट, पूर्व प्रदेशसभा सदस्य कुलप्रसाद पोखरेल, पूर्व नगरप्रमुख गणेशबहादुर केसी लगायतले आफ्ना धारणा राख्नुभएको थियो ।

युके एडको आर्थिक सहयोग, राष्ट्रिय अपाङ्ग महासंघ र नेपाल प्रजनन स्याहार केन्द्रको प्राविधिक सहयोग तथा वाटरएड र बेस बर्दियाको साझेदारीमा सञ्चालित वास गेन परियोजना अन्तर्गत शुक्र माध्यमिक विद्यालय तीन तारा विद्यालय घोषणा हुने चरणमा पुगेको हो । उक्त परियोजना बर्दिया जिल्लाका बारबर्दिया, ठाकुरबाबा र मधुवन नगरपालिका तथा गेरुवा गाउँपालिकामा सञ्चालनमा रहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार