मुख्य समाचार
चाडपर्व लक्षित बर्दियाका पाँच स्थानमा यात्रु सहायता कक्ष सञ्चालन | बर्दियामा ४१ प्रहरीद्वारा रक्तदान | सुनौलो महिला विकास सहकारीमा शेयर सदस्य र बचत बढ्यो | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | गुलरियामा दशैंको अवसरमा राष्ट्रिय कलाकारसहित सांस्कृतिक कार्यक्रम हुने | बाढी प्रभावितका लागि बनाइएको सुरक्षित आवास नै डुबानमा | यौन तथा प्रजनन स्वास्थ्य मेला सम्पन्न, लैंगिक तथा अपाङ्गमैत्री शौचालय हस्तान्तरण | सीप सिक्दै आत्मनिर्भर बन्ने यात्रामा अपाङ्गता भएका व्यक्ति | नागरिकता लिन आएका फरार प्रतिवादी पक्राउ |

शिक्षा विधेयकविरुद्ध बर्दियामा निजी विद्यालयहरूको सडक प्रदर्शन
शिक्षा विधेयकविरुद्ध बर्दियामा निजी विद्यालयहरूको सडक प्रदर्शन

Rato Pen 366+ समाचार ( )
५ भाद्र २०८२, शुक्रबार

बर्दिया । सरकारले ल्याउन लागेको शिक्षा विधेयक–२०८० का केही प्रावधानमाथि आपत्ति जनाउँदै बर्दियाका निजी संस्थागत विद्यालयहरूले सडक प्रदर्शन गरेका छन्।

प्याब्सन बर्दियाको अगुवाइमा शुक्रबार जिल्लाका आठै स्थानीय तहमा सञ्चालनमा रहेका विद्यालयका सवारीसाधनहरूले सडकमा परेड गर्दै विधेयकको विरोध जनाएका हुन्।

प्रस्तावित विधेयकले संस्थागत विद्यालयलाई अनिवार्य रूपमा गुठीमा रूपान्तरण गर्नुपर्ने, शुल्क लिन नपाइने, शिक्षा पूर्ण निःशुल्क बनाउनुपर्ने, विद्यालयले आफैंले पाठ्यपुस्तक वितरण गर्नुपर्ने र कम्पनी ऐनअन्तर्गत सञ्चालन भइरहेका विद्यालयलाई क्रमशः गैरनाफामूलकमा लैजानुपर्ने जस्ता प्रावधान समावेश गरेको छ। यी प्रावधानप्रति निजी विद्यालय सञ्चालकहरूले असन्तुष्टि जनाएका छन्।

प्याब्सनका पूर्व केन्द्रीय सल्लाहकार निर्मल उपाध्यायले बैंक ऋणमार्फत सञ्चालनमा रहेका धेरै विद्यालयहरू विधेयक लागू भए आर्थिक संकटमा पर्ने चेतावनी दिए। “यो विधेयक लागू भए विद्यालय क्षेत्र तहसनहस हुनेछ,” उपाध्यायले भने।

बर्दियामा हाल आठवटै स्थानीय तहमा ९१ वटा संस्थागत विद्यालय सञ्चालनमा छन्। प्याब्सनले आगामी दिनमा विरोधका थप कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार