मुख्य समाचार
बारबर्दियामा विपद् जोखिम बीमा कार्यविधिको मस्यौदामाथि समूहगत छलफल | किशोरकिशोरीमैत्री सेवा प्रभावकारी बन्दै, संरचना दिगो बनाउन सुझाव | चाडपर्व लक्षित बर्दियाका पाँच स्थानमा यात्रु सहायता कक्ष सञ्चालन | बर्दियामा ४१ प्रहरीद्वारा रक्तदान | सुनौलो महिला विकास सहकारीमा शेयर सदस्य र बचत बढ्यो | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | गुलरियामा दशैंको अवसरमा राष्ट्रिय कलाकारसहित सांस्कृतिक कार्यक्रम हुने | बाढी प्रभावितका लागि बनाइएको सुरक्षित आवास नै डुबानमा | यौन तथा प्रजनन स्वास्थ्य मेला सम्पन्न, लैंगिक तथा अपाङ्गमैत्री शौचालय हस्तान्तरण |

ठाकुरबाबामा युवा संजालको साझा योजना विषयक अन्तरक्रिया सम्पन्न
ठाकुरबाबामा युवा संजालको साझा योजना विषयक अन्तरक्रिया सम्पन्न

Rato Pen 368+ समाचार ( )
३० अशोज २०८२, शुक्रबार

ठाकुरबाबा (बर्दिया) — ठाकुरबाबा नगरपालिका स्तरीय युवा संजालको साझा योजना र सरोकारवालाहरुको भूमिकासम्बन्धी अन्तरक्रिया कार्यक्रम शुक्रबार ठाकुरबाबा नगरपालिका–१, भुरीगाउँमा सम्पन्न भएको छ।

प्लान इन्टरनेशनल नेपाल र राधाकृष्ण थारु जनसेवा केन्द्र गुलरियाको साझेदारीमा सञ्चालित सशक्त बालिका परियोजना अन्तर्गत आयोजना गरिएको कार्यक्रममा युवाहरुले स्थानीय सरकारका अभियान तथा कार्यक्रमहरूमा सहकार्य गर्न तयार रहेको प्रतिबद्धता जनाएका छन्।

युवाहरुले विशेषगरी बाल विवाह न्युनिकरण अभियानमा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्। उनीहरुले वडास्तरीय समन्वय र सहकार्यका माध्यमबाट समुदायमा सकारात्मक परिवर्तन ल्याउने योजनाबारे जानकारी गराएका थिए।

कार्यक्रममा वडा नम्बर २ का अध्यक्ष कमल प्रसाद चपाई, वडा नम्बर ३ का अध्यक्ष श्रीकृष्ण थारु, वडा नम्बर ६ का अध्यक्ष जयप्रसाद पौड्याल र वडा नम्बर ७ का अध्यक्ष कलमबहादुर विष्टले युवाहरुसँग मिलेर काम गर्न वडास्तरमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो। उहाँहरूले बाल विवाह र समुदायमा रहेका हानिकारक अभ्यासहरू अन्त्य गर्न युवाहरूको सक्रियता अत्यावश्यक रहेको उल्लेख गर्नुभयो।

अन्तरक्रियामा सहभागी मिडिया प्रतिनिधि, टोलविकास संस्था, बरघर र जनप्रतिनिधिहरूले पनि युवा संजालका योजनामा सहकार्य गर्न तयार रहेको बताएका छन्।

युवा संजालले निकट भविष्यमै नगरस्तरीय संरचनालाई वैधानिक रूपमा दर्ता गर्ने प्रक्रिया अघि बढाइरहेको जानकारी समेत दिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार