मुख्य समाचार
ठाकुरबाबा नगरपालिकाको वार्षिक समीक्षा तथा पर्यटन गुरुयोजनामाथि छलफल | बारबर्दिया–२ मा नवनिर्मित वडा कार्यालय भवन उद्घाटन | सशस्त्र द्वन्द्वमा बेपत्ता थारूको २५ वर्षपछि कुशको शव बनाएर अन्त्येष्टि ! | बारबर्दिया–७ मा ‘कामका लागि नगद’ कार्यक्रम सम्पन्न | अन्तर्राष्ट्रिय युवा दिवसमा बर्दियामा सामूहिक सर्वाङ्ग माटो लेप | विपद् व्यवस्थापनमा पूर्वतयारी : बर्दियामा तीनदिने कृत्रिम घटना अभ्यास सम्पन्न | ओझेलमा सारङ्गी ः नयाँ पुस्तासँगै लोपोन्मुख गन्धर्वको मौलिक पहिचान | आदिवासी जनजाति महासंघ बर्दियाको अध्यक्षमा इन्द्रकुमार श्रेष्ठ निर्वाचित | बर्दियामा शान्ति सुरक्षा, सामाजिक सद्भाव सुदृढ गर्न पाँचबुँदे प्रतिबद्धता | बर्दियामा फस्टाउँदै व्यावसायिक केरा खेती |

बाल विद्या आधारभूत विद्यालय तीन तारा विद्यालय घोषणा
बाल विद्या आधारभूत विद्यालय तीन तारा विद्यालय घोषणा

Rato Pen 344+ समाचार ( )
२३ पौष २०८२, बिहीबार

बारबर्दिया, बर्दिया ।
बारबर्दिया नगरपालिका वडा नम्बर १० स्थित बाल विद्या आधारभूत विद्यालय, सिमरहवा लाई विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छताका आधारमा तीन तारा विद्यालय घोषणा गरिएको छ । “स्वच्छ विद्यालय, स्वस्थ विद्यार्थी” भन्ने मूल नारासहित आयोजित कार्यक्रममा तीन तारा विद्यालय घोषणा समारोह तथा अभिभावक शिक्षा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै बारबर्दिया नगरपालिकाका नगरप्रमुख छविलाल थारुले विद्यालयमा स्वच्छ खानेपानी, शौचालयको उचित प्रयोग, व्यक्तिगत तथा वातावरणीय सरसफाइले विद्यार्थीको स्वास्थ्य र सिकाइमा सकारात्मक प्रभाव पार्ने बताउनुभयो । उहाँले नगरपालिकाले विद्यालयहरूलाई तीन तारा तथा त्यसपछिका मापदण्ड पूरा गर्न आवश्यक सहयोग निरन्तर गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

विशेष अतिथि तथा नगर उपप्रमुख रत्नकुमारी पाण्डेले विद्यालय–अभिभावक–समुदायको सहकार्यले मात्र स्वच्छ र सुरक्षित विद्यालय सम्भव हुने बताउनुभयो । उहाँले अभिभावकलाई आफ्ना बालबालिकामा सरसफाइ र स्वच्छ बानी व्यवहार विकास गराउन सक्रिय भूमिका खेल्न आग्रह गर्नुभयो ।

त्यसैगरी कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीले तीन तारा विद्यालय घोषणा केवल उपलब्धि मात्र नभई निरन्तर सुधारको प्रतिबद्धता भएको उल्लेख गर्नुभयो । उहाँले विद्यालय व्यवस्थापन समिति, शिक्षक, विद्यार्थी र समुदायको सक्रियताले यो सफलता हासिल भएको बताउनुभयो ।

कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष फूलाराम चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा बारबर्दिया नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष रणबहादुर थारु, पूर्व वडा अध्यक्ष निरञ्जन कुमार चौधरी, सामाजिक विकास समिति संयोजक श्यामकुमारी चौधरी, शिक्षा शाखा प्रमुख टिकानाथ गोसाई, जनसेवा माध्यमिक विद्यालयका प्रधानाध्यापक नारायण दत्त पौडेल लगायतकाे सहभागिता रहेको थियो ।

कार्यक्रमको सहकार्य वासगेन परियोजना अन्तर्गत बेस बर्दिया, वाटर एड, एनएफडि–एन, एनएफसीसी तथा युकेएडको सहयोगमा भएको हो । तीन तारा विद्यालय घोषणा सँगै विद्यालयमा अभिभावक शिक्षा कार्यक्रम समेत सञ्चालन गरिएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार