मुख्य समाचार
स्थानीयको श्रम र सहयोगबाट बनेको शिव मन्दिरको उद्घाटन तथा प्राणप्रतिष्ठा | ठाकुरबाबा नगरपालिकाको वार्षिक समीक्षा तथा पर्यटन गुरुयोजनामाथि छलफल | बारबर्दिया–२ मा नवनिर्मित वडा कार्यालय भवन उद्घाटन | सशस्त्र द्वन्द्वमा बेपत्ता थारूको २५ वर्षपछि कुशको शव बनाएर अन्त्येष्टि ! | बारबर्दिया–७ मा ‘कामका लागि नगद’ कार्यक्रम सम्पन्न | अन्तर्राष्ट्रिय युवा दिवसमा बर्दियामा सामूहिक सर्वाङ्ग माटो लेप | विपद् व्यवस्थापनमा पूर्वतयारी : बर्दियामा तीनदिने कृत्रिम घटना अभ्यास सम्पन्न | ओझेलमा सारङ्गी ः नयाँ पुस्तासँगै लोपोन्मुख गन्धर्वको मौलिक पहिचान | आदिवासी जनजाति महासंघ बर्दियाको अध्यक्षमा इन्द्रकुमार श्रेष्ठ निर्वाचित | बर्दियामा शान्ति सुरक्षा, सामाजिक सद्भाव सुदृढ गर्न पाँचबुँदे प्रतिबद्धता |

राष्ट्रिय धान दिवस तथा अन्तराष्ट्रिय माटो दिवस
राष्ट्रिय धान दिवस तथा अन्तराष्ट्रिय माटो दिवस

Rato Pen 345+ समाचार ( )
१६ असार २०८१, शनिबार

बारबर्दिया, असार १५ गते 

बारबर्दिया नगरपालिका वडा नम्बर ७ ले राष्ट्रिय धान दिवस तथा अन्तराष्ट्रिय माटो दिवस किसानको खेतमै गएर धान रोपाई गरेर मनाएको छ । दिगो विकासका लागि साझेदारी नेपालको सहयोगमा वडा नम्बर ७ को कार्यालयको आयोजनामा उक्त दिवस मनाईएको हो । 

धान दिवस तथा माटो दिवस मनाउने कार्यक्रममा बारबर्दिया नगरपालिकाका नगरप्रमुख छबिलाल थारुले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर यस बर्षको बजेट ल्याएको बताउनु भएको छ । प्रांगारिक मल बनाउने योजना सहितको कार्यक्रम ल्याएको र उक्त योजनालाई प्रभाबकारी बनाउन प्रदेश तथा संघसंग पनि पहल गरीरहेको बताउनु भएको छ । अहिले बारबर्दियामा किसानहरु प्रयाप्त मात्रामा मल, समयमा बिउ र सिचाईका लागि पानी पनि नपाईरहेको अवस्थामा नगर सरकार यस बिषयमा गम्भिर रहेको बताउनु भएको छ । 

बारबर्दिया नगरपालिकाका नगरउपप्रमुख रत्नकुमारी पाण्डेले धान दिवसलाई उत्सवको रुपमा लिनु पर्ने बताउनु भएको छ । कृषि पेशालाई जिविकोपार्जन मात्र नभएर ब्यबसायिक र यान्त्रिकरण बनाउन आवश्यक रहेको बताउनु भएको छ । परम्परागत कृषि प्रणालीबाट किसानहरुको जिवनस्तर बृद्धि हुन नसकीरहेको अवस्थामा आधुनिक कृषि प्रणालीलाई अंगाल्नु पर्ने नगरउपप्रमुख पाण्डेको बनाई रहेको छ । 

कार्यक्रममा कृषि विकास शाखाका प्रमुख झलकराज खड्काले यस क्षेत्रका जनताको मुख्य पेशा कृषि रहेको र त्यस मध्यपनि धान खेती गर्ने गरेको बताउनु भएको छ । नेपालको प्रमुख मुख्यबाली धान नै रहेकोले धान दिवस महत्वको साथ मनाउने गरेको बताउनु भएको छ । मुख्यबाली धानको उत्पादन बृद्धि गर्नका लागि सरकारले बिभिन्न किसिमका कार्यक्रमहरु संचालन गर्ने गरेको बताउनु भएको छ । बिशेष गरेर कृषि विकास शाखाले विविध कार्यक्रम संचालन गरी रहेको जानकारी गराउनु भएको छ । कृषि सम्बन्धी सेवाका लागि शाखाले अनुदानका कार्यक्रम, साझेदारी कार्यक्रम, सेवा तथा परामर्श गरी रहेको बताउनु भएको छ । 

वडा नम्बर ७ का वडा अध्यक्षले धान दिवस जतिकै माटो दिवसको पनि उत्तिकै महत्व रहेको बताउनु भएको छ । धान र माटो एक अर्कामा परिपुरक जस्तो रहेकोले माटो बिना धान उत्पादनको कल्पना गर्न नसकिने बताउनु भएको छ । हामीले माटोलाई संरक्षण गर्न सकेनौ भने कुनै किसिमको बाली तथा कृषि जन्यबस्तु उत्पादन गर्न नसकिने बताउनु भएको छ । माटोलाई उर्वर शक्तिको रुपमा कायमै राख्यौँ भने धान उत्पादनमा बृद्धि गर्न सकिने बताउनु भएको छ । जसले गर्दा माटोको संरक्षण गर्दै धान तथा अन्यबालीको उत्पादनमा बृद्धि गर्नु पर्ने आजको आवश्यकता रहेको बताउनु भएको छ । 

कार्यक्रममा वडा नम्बर ७ का वडा सदस्यहरु, कृषक, राजनीतिक दलका प्रतिनिधि, पालिकाका बिभिन्न शाखाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा स्वागत तथा कार्यक्रमबारे जानकारी नैनसिंह अधिकारीले गर्नु भएको थियो भने कार्यक्रमको संचालन धर्मी तारामीमगरले गर्नु भएको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार