मुख्य समाचार
बारबर्दियामा विपद् जोखिम बीमा कार्यविधिको मस्यौदामाथि समूहगत छलफल | किशोरकिशोरीमैत्री सेवा प्रभावकारी बन्दै, संरचना दिगो बनाउन सुझाव | चाडपर्व लक्षित बर्दियाका पाँच स्थानमा यात्रु सहायता कक्ष सञ्चालन | बर्दियामा ४१ प्रहरीद्वारा रक्तदान | सुनौलो महिला विकास सहकारीमा शेयर सदस्य र बचत बढ्यो | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | गुलरियामा दशैंको अवसरमा राष्ट्रिय कलाकारसहित सांस्कृतिक कार्यक्रम हुने | बाढी प्रभावितका लागि बनाइएको सुरक्षित आवास नै डुबानमा | यौन तथा प्रजनन स्वास्थ्य मेला सम्पन्न, लैंगिक तथा अपाङ्गमैत्री शौचालय हस्तान्तरण |

बारबर्दियामा अत्याधुनिक ब्याडमिन्टन कवडहल निर्माण सम्पन्न
बारबर्दियामा अत्याधुनिक ब्याडमिन्टन कवडहल निर्माण सम्पन्न

Rato Pen 368+ समाचार ( )
५ फाल्गुन २०८१, सोमबार

होमेन्द्र थापा, बारबर्दिया

बर्दियाको बारबर्दिया नगरपालिकामा ब्याडमिन्टन खेलाडी उत्पादन तथा खेलको विकासलाई प्रवर्द्धन गर्ने उद्देश्यले अत्याधुनिक ब्याडमिन्टन कवडहल निर्माण सम्पन्न भएको छ। चार करोडभन्दा बढी लागतमा निर्माण गरिएको यस कवडहलमा नियमित रुपमा ब्याडमिन्टन प्रतियोगिता सञ्चालन हुने नगरपालिकाले जनाएको छ।

आईतबार बारबर्दिया नगरपालिकाको आयोजनामा तथा बारबर्दिया ब्याडमिन्टन क्लब जयनगरको समन्वयमा आयोजित पत्रकार सम्मेलनमा नगर प्रमुख छविलाल थारुले कवडहलको उद्घाटन गर्ने बारे जनकारीका साथै प्रथम खुल्ला बारबर्दिया ब्याडमिन्टन प्रतियोगिता सञ्चालनको घोषणा गर्नुभयो। फागुपूर्णिमाको अवसरमा आयोजना हुने उक्त प्रतियोगिताको उद्घाटन संघीय सरकारका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले गर्ने कार्यक्रम तय भएको छ।

यस कवडहलको नियमित व्यवस्थापन तथा सञ्चालनका लागि खेलकुद विकास समितिलाइ दिने र  खेलाडीहरूका लागि परिचयपत्र (कार्ड) जारी गरी निश्चित शुल्क लिएर खेल्ने व्यवस्था गर्ने खालकाे याेजना रहेकाे बताउनु भएकाे छ ।  खेल सञ्चालन व्यवस्थापन तथा आर्थिक संकलनको जिम्मेवारी खेलकुद विकास समितिलाई दिइएको छ भने आवश्यक परेमा नगरपालिकाले थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

ब्याडमिन्टन खेलकुद विकास समितिका जिल्ला अध्यक्ष बालकृष्ण वलीका अनुसार बर्दियाका सबै पालिकाहरूमा ब्याडमिन्टन खेल्न मिल्ने कवडहल निर्माण भइसकेका छन्। इन्डोर सुविधा उपलब्ध भएकाले अब राष्ट्रिय स्तरका प्रतियोगिता सञ्चालन गर्ने तयारी भइरहेको जानकारी उहाँले दिनुभयो।

खुल्ला ब्याडमिन्टन प्रतियोगिता फागुन १४ देखि १७ गतेसम्म नकआउट प्रणालीमा खेलाइनेछ। प्रतियोगितालाई चार समूहमा विभाजन गरिएको छ:

  1. ए–लेभल: देशभरका खेलाडी (बरियतामा शीर्ष १५ बाहेक)

  2. बी–लेभल: बर्दिया जिल्लाका खेलाडी तथा कर्मचारी

  3. सी–लेभल: बारबर्दिया नगरपालिकाभित्रका खेलाडी तथा कर्मचारी

  4. भेट्रान: ४५ वर्ष उमेर पूरा गरेका नागरिक (देशभरबाट)

प्रतियोगिताको सफलताका लागि खेलाडी तथा रेफ्रीहरूसँग समन्वय गर्ने, आर्थिक स्रोत संकलन गर्ने तथा आवश्यक सामग्री व्यवस्थापनको कार्य तीव्र रूपमा भइरहेको बारबर्दिया ब्याडमिन्टन क्लब जयनगरका अध्यक्ष गोविन्द बहादुर क्षेत्रीले जानकारी दिनुभयो। हालसम्म ७५ प्रतिशत तयारी पूरा भइसकेको उहाँले बताउनुभयो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार