मुख्य समाचार
ठाकुरबाबा नगरपालिकाको वार्षिक समीक्षा तथा पर्यटन गुरुयोजनामाथि छलफल | बारबर्दिया–२ मा नवनिर्मित वडा कार्यालय भवन उद्घाटन | सशस्त्र द्वन्द्वमा बेपत्ता थारूको २५ वर्षपछि कुशको शव बनाएर अन्त्येष्टि ! | बारबर्दिया–७ मा ‘कामका लागि नगद’ कार्यक्रम सम्पन्न | अन्तर्राष्ट्रिय युवा दिवसमा बर्दियामा सामूहिक सर्वाङ्ग माटो लेप | विपद् व्यवस्थापनमा पूर्वतयारी : बर्दियामा तीनदिने कृत्रिम घटना अभ्यास सम्पन्न | ओझेलमा सारङ्गी ः नयाँ पुस्तासँगै लोपोन्मुख गन्धर्वको मौलिक पहिचान | आदिवासी जनजाति महासंघ बर्दियाको अध्यक्षमा इन्द्रकुमार श्रेष्ठ निर्वाचित | बर्दियामा शान्ति सुरक्षा, सामाजिक सद्भाव सुदृढ गर्न पाँचबुँदे प्रतिबद्धता | बर्दियामा फस्टाउँदै व्यावसायिक केरा खेती |

शिक्षकहरुलाई शिक्षण आपुरण तथा द्रुत सिकाई योजना सम्बन्धी तालिम प्रदान
शिक्षकहरुलाई शिक्षण आपुरण तथा द्रुत सिकाई योजना सम्बन्धी तालिम प्रदान

Rato Pen 344+ समाचार ( )
४ जेठ २०८१, शुक्रबार

बारबर्दिया

बारबर्दिया नगरपालिकाका सामुदायिक विद्यालयका शिक्षकहरुलाई ३ दिने शिक्षण आपुरण तथा द्रुत सिकाई योजना सम्बन्धी तालिम प्रदान गरिएको छ । विद्यालयका बिषयगत शिक्षकहरुका लागि शिक्षण आपुरण तथा द्रुत सिकाई योजना सम्बन्धी तालिम प्रदान गरिएको हो । 

कोभिड १९ महामारी तथा विविध कारणले विद्यार्थीहरुमा भएको सिकाई क्षतिलाई परिपुर्ति गरी गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि आपुरण तथा द्रुत सिकाई योजना निर्माणका तालिमको आयोजना गरिएको थियो । 

बारबर्दिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेले शिक्षामा गुणस्तर कायम गर्नका लागि बारबर्दिया नगरपालिकाले प्रमुख प्रथमिकतामा राखेको बताउनु भएको छ । पालिकाले शिक्षा क्षेत्रमा सबभन्दा धेरै लगानी गरिरहेको छ, आगामी बर्षमा पनि शिक्षा क्षेत्रमा धेरै लगानी गर्ने बताउनु भएको छ । शिक्षा क्षेत्रका विकासमा लागि शिक्षकहरुले नै योजना निर्माणको बेलामा रचनात्मक सल्लाह सुझावको आवश्यकता रहेको बताउनु भएको छ । साथै शिक्षकहरुलाई निडर भएर खुसिका साथ शिक्षण गर्न आग्रह गर्नु भएको छ । 

तालिममा सहभागी शिक्षकहरुले शिक्षण सिकाईका लागि उर्जा थपेको बताउनु भएको छ । तालिमले आफुलाई सिर्जनात्मक तरिकाबाट शिक्षण गराउनमा सहयोग पुग्ने विश्वास दिलाउनु भएको छ । 

तालिममा योजना निर्माणका लागि विश्व र नेपालमा सिकाई क्षतिको अवस्था, सिकाई स्तर पहिचान गर्न तरिका र साधनको परिचय र प्रयोग, सिकाई स्तर पहिचान गर्न साधनको प्रयोग विधि, साधानको प्रयोग गरी विद्यार्थीको सिकाइ परिक्षण अभ्यास, साधनको प्रयोग गरी विद्यार्थीको सिकाई स्तर परिक्षण अभ्यास, विद्यार्थी सिकाई स्तरको अभिलेखिकरण र रिपोर्टिङ, नतिजा विश्लेषण र वर्गीकरण नतिजा विश्लेषण र विषयबस्तुको छनौट, सिकाई आवश्यकता आधारमा क्रियाकलाप छनोट र प्रयोग, कार्यान्वयनको योजना निर्माण र कार्यान्वयन, द्रुत सिकाईको परिचय, रणनीतिहरुको पहिचान र प्रयोग तथा कार्ययोजना निर्माणको बिषयमा छलफल तथा प्रयोगात्मक र ब्यबहारिक तरिकाबाट सजिकरण गरिको छ । तालिमको सहजिकरण बारबर्दिया नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख टिकानाथ गोसाईले गरिरहनु भएको हो ।  

बारबर्दिया ६ जयनगरको श्रोत केन्द्रको सभाहलमा भएको तालिममा बारबर्दिया नगरपालिकामा रहेको ४० वटा सामुदायिक विद्यालयबाट एकएक जना शिक्षकहरु गरी ४० जनाको सहभागिता रहेको थियो । 

प्लान इन्टरनेशनल नेपाल र राधाकृष्ण थारु जनसेवा केन्द्रको साझेदारीमा संचालित सशक्त बालिका परियोजना अन्तरगत बारबर्दिया नगरपालिकाको समन्वयमा तालिम भएको छ । तालिम समापनको संचालन राधाकृष्ण थारु जनसेवा केन्द्रका कार्यक्रम संयोजक मनोज पौडेलले गर्नु भएको छ । तालिम बुधबार देखि सुक्रबार सम्म ३ दिन संचालन गरिएको परियोजनाकी कार्यक्रम अधिकृत सिमा वलीले जानकारी गराउनु भएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार