मुख्य समाचार
बारबर्दियामा विपद् जोखिम बीमा कार्यविधिको मस्यौदामाथि समूहगत छलफल | किशोरकिशोरीमैत्री सेवा प्रभावकारी बन्दै, संरचना दिगो बनाउन सुझाव | चाडपर्व लक्षित बर्दियाका पाँच स्थानमा यात्रु सहायता कक्ष सञ्चालन | बर्दियामा ४१ प्रहरीद्वारा रक्तदान | सुनौलो महिला विकास सहकारीमा शेयर सदस्य र बचत बढ्यो | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | गुलरियामा दशैंको अवसरमा राष्ट्रिय कलाकारसहित सांस्कृतिक कार्यक्रम हुने | बाढी प्रभावितका लागि बनाइएको सुरक्षित आवास नै डुबानमा | यौन तथा प्रजनन स्वास्थ्य मेला सम्पन्न, लैंगिक तथा अपाङ्गमैत्री शौचालय हस्तान्तरण |

द्वन्द्व पीडित महिला तथा बालिकाको समष्टिगत आवश्यकता पहिचान शुरु
द्वन्द्व पीडित महिला तथा बालिकाको समष्टिगत आवश्यकता पहिचान शुरु

Rato Pen 368+ समाचार ( )
१३ जेठ २०८१, आइतबार

ठाकुरबाबा ,

महिला, शान्ति र सुरक्षा सम्बन्धी संयूक्त राष्ट्र संघको प्रस्ताव नं. १३२५ र १८२० लाई लागु गर्न नेपाल सरकारले ल्याएको दोस्रो राष्ट्रिय कार्य योजनामा स्थानीय तहलाई दिएको जिम्मेवारी अनुसार द्वन्द्व पीडित महिला तथा बालिकाको समष्टिगत आवश्यकता पहिचान शुरु गरेको हो । दोस्रो राष्ट्रिय कार्य योजनामा स्थानीय तहका प्रमुखको संयोजकत्वमा कार्ययोजना कार्यान्वयन स्थानीय समिति र पीडित तथा प्रभावित महिला तथा बालिकाको समष्टिगत आवश्यकता पहिचान उपसमिति ब्यवस्था भए अनुसार दुबै समिति गठन भई सकेको छ । 

राष्ट्रिय कार्ययोजनामा दिएको जिम्मेवारी अनुसार ठाकुरबाबा नगरपालिकाले आवश्यकता पहिचान गर्न शुरु गर्नु अगाडी, पहिचान गर्ने क्रममा र पछिको गोपनियता, सुरक्षा संवेदनशिलतालाई सुनिश्चित गर्न आचारसहिता र आवश्यकता पहिचान गर्न फारम बनाएर कार्ययोजना स्थानीय समितिको जेठ १३ गते बसेको बैठकले पास गरेको छ ।

नगर प्रमुख तिलकराम लम्सालले पीडित तथा प्रभावित महिला तथा बालिकाको समष्टिगत आवश्यकता पहिचान उपसमितिका पदाधिकारीलाई गोपनियता तथा संवेदनशिलता सम्बन्धी सपथ ग्रहण गराउनु भएको छ । नगर प्रमुख लम्सालले गोपनियता र सुरक्षा संवेदनशिलतालाई ध्यानमा राखि पाएको जिम्मेवारी इमान्दारीपुर्वक पुरा गर्न निर्देशन दिनुभयो । साथै कार्ययोजना कार्यान्वयन स्थानीय समितिले आवश्यक स्रोत ब्यवस्थापन गर्न कार्यपालिकामा प्रस्ताव लागि आवश्यक नितिगत निर्णय गर्ने प्रतिबद्धता पनि गर्नुभयो । 

ठाकुरबाबा नगरपालिकाकी उपप्रमुख तथा द्वन्द्वपीडित तथा प्रभावित महिला तथा बालिकाको समष्टिगत आवश्यकता पहिचान उपसमितिकी संयोजक बिना भट्राईले द्वन्द्व पीडित महिला तथा बालिकाको आवश्यकता पहिचान गरी कार्ययोजना कार्यान्वयन समितिलाई हस्तान्तरण गर्ने बताउनु भयो । पहिचान गरिएका आवश्यकतालाई प्राथमिकिकरण गरी ठाकुरबाबा नगरपालिका आफै, प्रदेश र संघीय सरकारलाई योजना बनाउन सिफारिस गर्ने बताउनु भयो । उप प्रमुखको संयोजकत्वमा पाँच सदस्य उपसमितिले द्वन्द्व पीडित महिला तथा बालिकाको आवश्यकता पहिचान गर्न शुरु गरेको हो ।

द्वन्द्व पीडित महिला तथा बालिकाको आवश्यकता पहिचान गर्न यूरोपियन यूनियनको आर्थिक सहयोगमा द स्टोरी किचेन र द्वन्द्व पीडित समिति बर्दियाले साहास ३.० परियोजना अन्र्तगत सहजिकरण साथै प्राविधिक सहयोग गरिरहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार