मुख्य समाचार
चाडपर्व लक्षित बर्दियाका पाँच स्थानमा यात्रु सहायता कक्ष सञ्चालन | बर्दियामा ४१ प्रहरीद्वारा रक्तदान | सुनौलो महिला विकास सहकारीमा शेयर सदस्य र बचत बढ्यो | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | गुलरियामा दशैंको अवसरमा राष्ट्रिय कलाकारसहित सांस्कृतिक कार्यक्रम हुने | बाढी प्रभावितका लागि बनाइएको सुरक्षित आवास नै डुबानमा | यौन तथा प्रजनन स्वास्थ्य मेला सम्पन्न, लैंगिक तथा अपाङ्गमैत्री शौचालय हस्तान्तरण | सीप सिक्दै आत्मनिर्भर बन्ने यात्रामा अपाङ्गता भएका व्यक्ति | नागरिकता लिन आएका फरार प्रतिवादी पक्राउ |

कतर्निया स्वास्थ्य केन्द्रमा किशोरकिशोरीमैत्री स्वास्थ्य सेवा सम्बन्धी सार्वजनिक सुनुवाइ सम्पन्न
कतर्निया स्वास्थ्य केन्द्रमा किशोरकिशोरीमैत्री स्वास्थ्य सेवा सम्बन्धी सार्वजनिक सुनुवाइ सम्पन्न

Rato Pen 366+ समाचार ( )
३० अशोज २०८२, शुक्रबार

 बारबर्दिया — असोज ३० गते

बारबर्दिया नगरपालिका–९ स्थित कतर्निया आधारभूत स्वास्थ्य केन्द्रमा किशोरकिशोरी यौन तथा प्रजनन् स्वास्थ्य सेवा सम्बन्धी सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा सरोकारवालाहरूले कतर्निया स्वास्थ्य केन्द्रलाई आर्थिक वर्ष २०८२/०८३ भित्र किशोरकिशोरीमैत्री स्वास्थ्य संस्था घोषणा गर्ने प्रतिबद्धता जनाए। साथै, हरेक महिना विद्यालयमा स्वास्थ्य सम्बन्धी कक्षा सञ्चालन गर्ने र स्वास्थ्य संस्था व्यवस्थापन समितिमा किशोरकिशोरीको सहभागिता सुनिश्चित गर्ने निर्णय गरियो।

कार्यक्रममा बारबर्दिया नगरपालिकाका नगरप्रमुख छविलाल थारुले स्वस्थ नागरिक नै गुणस्तरीय शिक्षाको आधार भएको बताउनुभयो। उहाँका अनुसार विद्यार्थीको शारीरिक, मानसिक र व्यवहारिक विकासमा स्वास्थ्यको भूमिका प्रमुख हुन्छ। “जब नागरिक स्वस्थ हुन्छ, तब मात्र उसले समाजका हरेक क्षेत्रमा योगदान दिन सक्छ,” उहाँको भनाइ थियो।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीले विद्यार्थी क्षेत्रमा गरिएको लगानीले समुन्नत समाज निर्माणमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले पालिकाले किशोरकिशोरी सम्बन्धी सवालहरूलाई प्राथमिकताका साथ अघि बढाइरहेको पनि बताउनुभयो।

सुनुवाइमा सहभागी किशोरकिशोरीहरूले स्वास्थ्य सेवा, शिक्षा र पालिकाका प्रतिनिधिसँग आफ्ना जिज्ञासा राखेका थिए। उनीहरूले स्वास्थ्य सेवामा पहुँच र मैत्रीपूर्ण व्यवहारका विषयमा सुझाव पनि दिएका थिए। सरोकारवाला निकायहरूले ती सुझाव कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए।

कार्यक्रममा राधाकृष्ण थारु जनसेवा केन्द्रका अध्यक्ष दिनेशप्रसाद श्रेष्ठले समुदायमा यौन तथा प्रजननका विषयमा अझै पनि खुला छलफल हुन नसकिरहेको बताउनुभयो। उहाँका अनुसार किशोरकिशोरीको जिज्ञासा र समस्या सम्बोधनका लागि निरन्तर काम भइरहेको छ।

यो कार्यक्रम किशोरकिशोरी यौन तथा प्रजनन् स्वास्थ्य र अधिकार परियोजना अन्तर्गत आयोजित हो। सो परियोजना कोईकाको आर्थिक सहयोगमा प्लान इन्टरनेशनल नेपाल र राधाकृष्ण थारु जनसेवा केन्द्र गुलरियाद्वारा सञ्चालन भइरहेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार