मुख्य समाचार
चाडपर्व लक्षित बर्दियाका पाँच स्थानमा यात्रु सहायता कक्ष सञ्चालन | बर्दियामा ४१ प्रहरीद्वारा रक्तदान | सुनौलो महिला विकास सहकारीमा शेयर सदस्य र बचत बढ्यो | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | गुलरियामा दशैंको अवसरमा राष्ट्रिय कलाकारसहित सांस्कृतिक कार्यक्रम हुने | बाढी प्रभावितका लागि बनाइएको सुरक्षित आवास नै डुबानमा | यौन तथा प्रजनन स्वास्थ्य मेला सम्पन्न, लैंगिक तथा अपाङ्गमैत्री शौचालय हस्तान्तरण | सीप सिक्दै आत्मनिर्भर बन्ने यात्रामा अपाङ्गता भएका व्यक्ति | नागरिकता लिन आएका फरार प्रतिवादी पक्राउ |

सडक नाटकबाट सचेतना बढेपछि न्यायीक समितिमा उजुरी दिन आउनेको संख्या उल्लेखनीय रूपमा बढ्यो
सडक नाटकबाट सचेतना बढेपछि न्यायीक समितिमा उजुरी दिन आउनेको संख्या उल्लेखनीय रूपमा बढ्यो

Rato Pen 366+ समाचार ( )
८ वैशाख २०८२, मङ्गलबार

होमेन्द्र थापा, बर्दिया

बर्दिया — गुलरिया नगरपालिकाको न्यायीक समितिमा उजुरीको संख्या पछिल्लो समय उल्लेखनीय रूपमा वृद्धि भएको छ। समितिका अनुसार, पछिल्ला दुई वर्षदेखि विद्यालय र गाउँ–गाउँमा सञ्चालन गरिएका सडक नाटकमार्फत जनचेतनामूलक कार्यक्रमहरू गरेपछि सर्वसाधारणमा समितिको भूमिका, अधिकार र सेवा सम्बन्धी जानकारी फैलिएको हो, जसका कारण नागरिकहरू कानुनी सहायता लिन उजुरी दिन थालेका छन्।

नगरपालिकाकी उप–प्रमुख तथा न्यायीक समितिकी संयोजक साबित्रा गौतमका अनुसार अघिल्लो समयमा सर्वसाधारणलाई समितिको कार्यक्षेत्रबारे पर्याप्त जानकारी नहुँदा थोरै मात्र उजुरी पर्ने गरेका थिए। सडक नाटकजस्ता सशक्त माध्यममार्फत जनचेतना फैलिएपछि नागरिकहरू अझ सजग भएर न्यायीक प्रक्रियामा संलग्न हुन थालेका छन्।

गुलरिया नगरपालिकाको न्यायीक समितिमा मुख्य रूपमा जग्गा सम्बन्धी विवाद, लेनदेन, पति–पत्नीबीचको पारिवारिक झगडाजस्ता मुद्दाहरू आउने गरेका छन्। कतिपय गम्भीर प्रकृतिका मुद्दा अदालतसम्म पुग्नुपर्ने भए पनि समितिले छलफल तथा मेलमिलापको माध्यमबाट समाधान गर्ने प्रयास गर्दै आएको संयोजक गौतमले बताउनुभयो।

आर्थिक वर्ष २०७८/७९ मा १३ वटा उजुरी दर्ता भएका थिए, जसमध्ये १२ वटा फच्र्यौट भएका थिए भने १ वटा मुद्दा सरेको थियो। त्यसपछि २०७९/८० मा उजुरी संख्या बढेर २३ पुगेको थियो, जसमा २१ मुद्दा फच्र्यौट भए। २०८०/८१ मा ३६ मुद्दा दर्ता हुँदा ३२ वटा फच्र्यौट गरिएका थिए। चालु आर्थिक वर्षको चैत्र मसान्तसम्म ४३ वटा उजुरी दर्ता भएका छन्, जसमा हालसम्म २१ वटा फर्छयाैट भइसकेका छन्।

प्रशासन शाखाका अधिकृत कपिल घिमिरेका अनुसार जिल्ला प्रशासन कार्यालय, प्रहरी कार्यालय वा अन्य सम्बन्धित निकायमा दर्ता भई न्यायीक समितिमा पठाइएका मुद्दाहरूसमेत समितिले हेर्ने गरेको छ। आवश्यक परे स्थलगत अध्ययन तथा वडा कार्यालयमार्फत मुचुल्का संकलन गर्ने कार्यसमेत समितिबाट गरिन्छ।

तीन सदस्यीय समितिमा उप–प्रमुख साबित्रा गौतम संयोजक रहनुभएको छ भने सदस्यहरूमा शान्ता सुनार र सिता श्रेष्ठ रहेका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार