मुख्य समाचार
चाडपर्व लक्षित बर्दियाका पाँच स्थानमा यात्रु सहायता कक्ष सञ्चालन | बर्दियामा ४१ प्रहरीद्वारा रक्तदान | सुनौलो महिला विकास सहकारीमा शेयर सदस्य र बचत बढ्यो | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | गुलरियामा दशैंको अवसरमा राष्ट्रिय कलाकारसहित सांस्कृतिक कार्यक्रम हुने | बाढी प्रभावितका लागि बनाइएको सुरक्षित आवास नै डुबानमा | यौन तथा प्रजनन स्वास्थ्य मेला सम्पन्न, लैंगिक तथा अपाङ्गमैत्री शौचालय हस्तान्तरण | सीप सिक्दै आत्मनिर्भर बन्ने यात्रामा अपाङ्गता भएका व्यक्ति | नागरिकता लिन आएका फरार प्रतिवादी पक्राउ |

मेयर कप फुटवल : लेटाङ-९ लाई पराजित गर्दै लेटाङ-२ विजयी

Rato Pen 1+ समाचार ( )
१५ असार २०८०, शुक्रबार

मोरङ । लेटाङ नगरपालिकाको आयोजनामा सञ्चालित दोश्रो मेयर कप फुटवल प्रतियोगिताको दोश्रो खेलमा लेटाङ-९ लाई पराजित गर्दै लेटाङ-२ विजयी भएको छ ।  लेटाङ-३ कमलपुरस्थित खेल मैदानमा भएको खेलमा वडा नम्बर ९ लाई  १ का विरुद्ध ४ गोलले पराजित गर्दै लेटाङ-२ सेमिफाइनलमा प्रवेश गरेको छ । विजयी भएको वडा नम्बर २ का लागि विकल देवानले २ तथा जितेन मगर र इश्वर विशंखेले १-१ गोल गरे । यता लेटाङ—९ को तर्फबाट सजित मगरले सान्त्वना गोल फर्काए । खेलको म्यान अफ दी म्याच वडा नम्बर २ का जितेन मगर घोषित भए । आजको खेलमा वडा नम्बर ५ र १ बीच प्रतिस्पर्धा हुनेछ ।     

नगरका ९ वटै वडा सहभागि प्रतियोगिताको फाइनल खेल असार २२ गते हुनेछ । प्रतियोगिताबाट छनौट भएका खेलाडीहरुलाई समेटेर नगर स्तरीय फुटबल टीम तयार गर्ने योजना रहेको नगर खेलकुद विकास समितिका सदस्य सचिव कृष्णराज राईले जानकारी दिनुभयो । प्रतियोगितामा उपाधि विजेता टीमले नगद १ लाख ३५ हजार र उपविजेता टीमले ६५ हजार पुरस्कारसहित ट्रफि पाउने छन् ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार